सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जानकी गाउँपालिका ३ नं. वडामा जेष्ठ नागरिकलाई न्यानो कपडाले सम्मान

     

नेपालगञ्ज, बाँकेको जानकी गाउँपालिका ३ नं. वडाले जेष्ठ नागरिक, एकल महिला र अति विपन्न नागरिकलाई सम्मान गरेको छ ।
चिसोबाट प्रताडित हुँदै आएका जेष्ठ नागरिक, एकल महिला र अति विपन्न नागरिकलाई न्यानो कपडा प्रदान गरेर वडा कार्यालयले सम्मान गरेको हो ।


वडाको वार्षिक कार्यक्रमबाट विनियोजित बजेटमा समृद्धि फाउण्डेशन नेपालगन्जसँगको सहकार्यमा शुक्रवार जेष्ठ नागरिक, एकल महिला र अति विपन्न नागरिकलाई सम्मान कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले जेष्ठ नागरिक, एकल महिला र अति विपन्न नागरिकको हक अधिकारलाई मध्यनजर गर्दै कार्यक्रमहरु सञ्चालन गरिरहेको बताउनुभयो ।


वडा नं. ३ ले जेष्ठ नागरिक, एकल महिला र अति विपन्न नागरिकलाई सम्मान तथा न्यानो कपडा वितरण गरेको कार्यलाई प्रशंसा गर्दै अन्य वडामा पनि कार्यक्रम सञ्चालन गरिने उल्लेख गर्नुभयो । गाउँपालिका उपाध्यक्ष रामप्यारी यादवले जेष्ठ नागरिक सँगसँगै महिलाका हक अधिकारलाई पनि आफुले प्राथमिकता दिएर काम गर्दै आएको बताउनुभयो ।
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलले जेष्ठ नागरिक, एकल महिला र अति विपन्न नागरिकका हक अधिकारलाई सबैले महत्व दिनु पर्ने बताउनुभयो । जेष्ठ नागरिक घरपरिवार मात्र नभई समाजकै अभिभावक भएकोले सम्मानको संस्कृतिको विकास गर्नुपर्ने उहाँको भनाई थियो ।


जानकी गाउँपालिका ३ नं. वडाका वडाध्यक्ष राजकुमार बर्माले चिसोलाई मध्यनजर गर्दै जेष्ठ नागरिक, एकल महिला र अति विपन्न नागरिकलाई न्यानो कपडाले सम्मान गरेको बताउनुभयो ।
उहाँले वडावासी जनताको समग्र समस्यालाई आफुले बुझेकोले समस्या समाधानको लागि योजनावद्ध तरिकाले काम गर्दै आएको उल्लेख गर्नुभयो ।
शुक्रवार आयोजित कार्यक्रममा जानकी गाउँपालिका वडा नं. ३ का एक सय १० जना जेष्ठ नागरिक, एकल महिला र अति विपन्न नागरिकलाई न्यानो कपडाले सम्मान गरिएको समृद्धि फाउण्डेशनका अध्यक्ष महेश चौधरीले बताउनुभयो ।
कार्यक्रममा पत्रकार भेषराज बस्नेतले जेष्ठ नागरिकका हक अधिकार र राज्यले गरेको व्यवस्थाको वारेमा जानकारी गराउनुभएको थियो ।
वडाध्यक्ष बर्माको अध्यक्षतामा भएको कार्यक्रममा जानकी गाउँपालिका वडा नं. ३ का वडा सदस्यहरु हुसेनी अहिर, उमेश कुमार बर्मा, निलमसिंह ठकुरानी र लक्ष्मी पासीको पनि सहभागिता रहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »