सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काठमाडौंको थलीमा जाजरकोटको भुकम्प पिडितलाई सहयोग गर्न कन्सर्ट

काठमाडौं । हाम्रो शुनिश्चित भविश्य नेपाल संस्थाको आयोजनामा जाजरकोटका भुकम्पपिडितलाई भुकम्परहित घर बनाउन काठमाडौंको थलीमा मा कन्सर्ट गरिएको छ ।
आज काठमाडौंको कागेश्वरी मनोहरा नगारपालिकाको थली चौरमा भुकम्पपिडितको स्थायी निवासबनाउने कामको सहयोगार्थ खुल्ला कन्सर्ट गरिएको हो ।
यो कार्यक्रमको मुख्य संयोजन ब्यवसायी तथा समाजसेवी शान्त शर्माले गरेका छन् भने ब्यवस्थापकीय संयोजन गायक तथा सामाजिक अभियन्ता तिलक बस्नेतले गरेका छन् । संस्थाको तर्फबाट कार्यक्रमको संयोजन जिम्मा सन्जु सुवेदीले लिएको छिन् ।
ब्यवसायी तथा समाजसेवी शान्त शर्माको सभापतित्वमा भएको कन्सर्टमा बिभिन्न क्षेत्रका सामाजिक अभियन्ता, स्थानिय प्रसाशनका प्रतिनिधि ,स्थानिय बिद्यालय र समाजसेवीहरुको हरुको आतिथ्यता रहेको थियो ।
कार्यक्रमलाई स्थानीय महिला समाजसेवी अनिता पुरीले स्थानिय संयोजन गरेको आयोजकले बताएका छन् । सहयोगी भावनाकी धनी अनिता पुरीलाई आयोजकको तर्फबाट हार्दिक कृतज्ञता समेत ब्यक्त गरिएको थियो ।
कन्सर्टमा गायकहरु तिलक बस्नेत,रमेश पाठक,दिपेन्द्र सोनाम,रमेश श्रेष्ठ (मेलोडी),गायीका शुसिला बराल तथा डान्सर रोमा न्यौपाने,निरुसिंह ठकुरी र अदिती श्रेष्ठले प्रस्तुति दिएका थिए । गायक तथा डान्सरहरुको प्रस्तुतीमा उपस्थित दर्शकहरु रमाईलो गरेको दृश्य हेर्न लायक रहेको थियो ।
जाजरकोटमा भुकम्परहित घरबनाउन केहि समय अगाडीनै ब्यवसायी तथा समाजसेवी शान्त शर्मा तथा सामाजिक अभियन्ता तथा गायक तिलक बस्नेतले स्वयंसेवी अभियान मार्फत राहत संकलन कार्यको शुरुवात गरिसकेका छन् । यसैलाई थप मद्यतकोलागि कन्सर्ट मार्फत राहत संकलन गर्न लागिएको आयोजक पक्षले जनाएको छ ।
कार्यक्रमलाई ग्रीनसिटी अस्पताल,बालुवाटार अर्गानिक्स्,विगेन नेपाल,गुल्मी जिल्ला समाज यु.के.ले सहयोग गरेको छ भने मिडिया पार्टनरको रुपमा सारा खबर डटकम रहेकोछ ।
कन्सर्ट मार्फत सामाजिक अभियन्ता,युवा,विद्यार्थी,ब्यवसायी तथा आम नागरिकलाईसांगीतिक मनोरन्जन प्रदान गर्दै भुकम्पपिडितहरुलाई सहयोग गर्न आयोजक पक्षले सबैमा हार्दिक अपिल समेत गरेको थियो ।
आज थलीमा भएको सांस्कृतिक कार्यक्रम मार्फत भुकम्प पिडितको घाउमा मल्हम लगाउने अभियानको संयोजन ब्यवसायी तथा समाजसेवी शान्त शर्माले गरेका थिए ।
आजको कार्यक्रम सन्चालन मोडल तथा उद्योषिका प्रनिमा दाहालले गरिकी थिईन ।
अब केहि तयारी गरेर कार्यक्रमलाई निरन्तरता दिने आयोजक पक्षले जानकारी गराएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »