सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मिना लामाको तामाङ सेलो“साथी र सङ्गी” बजारमा ( भिडियो सहित)

काठमाडौं । तामाङ सेलो जगतमा चर्चित गायिका मिना लामाको प्रस्तुति रहेको “साथी र सङ्गी” बोलको नयाँ तामाङ सेलो गीतको म्युजिक भिडियो बजारमा सार्वजनिक भएको छ।
गायिका मिना लामा लोक दोहोरी क्षेत्रमा निकै व्यस्त गायिका हुन् ।
तामाङ कलाकार संघको प्रमुख सल्लाहकार एवम् लोकप्रिय गायक संगीतकार विश्व दोङको शब्द ,संगीत र एरेञ्ज रहेको गीतमा संगीतकारद्वय विश्व दोङ र गायिका मिना लामाको सुमधुर आवाज रहेको छ ।

निर्देशक प्रतीक ङ्यसुरले निर्देशन गरेकोे भिडियोमा निर्देशकद्वय प्रतीक ङ्यसुर स्वयंम र चर्चित मोडल याङगी दोङले मुख्य अभिनयको भुमिका निर्वाह गरेका छन् ।

त्रिलोक लामा वाइवाको छायांकन र सम्पादन रहेको भिडियोलाई कोरियोग्राफी नरेन मोक्तानले गरेका हुन् ।
अडियोको मिक्सिङ दिपेस प्रधानले गरेको गीत दोङ स्टुडियोमा रेकर्डिङ गरिएको हो ।

उक्त म्युजिक भिडियो मिना लामा अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।
भिडियो हेर्नुस् ।

भर्खरै

सम्बन्धित खबर

Language »