सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाँसबारी छालाजुत्ता कारखानाको जग्गा काण्डमा चौधरी र थापा पक्राउ

काठमाडौं । बाँसबारी छालाजुत्ता कारखानाको जग्गा व्यक्तिको नाममा ल्याउने काण्डमा अरुण चौरधी र अजितनारायण सिंह थापालाई प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सीआइबील पक्राउ गरेको छ ।
बाँसबारी छालाजुत्ता कारखानाको जग्गा व्यक्ति नाममा ल्याएको घटनामा पक्राउ परेको व्यवसायी अरुण चौरधीलाई अदालतले अनुसन्धान गर्न चार दिन थुनामा राख्न अनुमती दिएको छ ।
बिहिबार प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सीआइबीले पक्राउ गरेका चौधरीलाई काठमाडौ जिल्ला अदालतले अनुसन्धानका लागि ४ दिन थुनामा राख्न अनुमती दिएको हो ।
चौधरी सहित पक्राउ परेको बाँसबारी जुत्ता कारखानाका तत्कालीन प्रमुख अजितनारायण सिंह थापालाई पनि अदालतले चार दिन थुनामा राख्न अनुमती दिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »