सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालको प्लेइङ-११ मा तीन परिवर्तन

काठमाडौं । नेपालले दक्षिण अफ्रिकामा जारी आईसीसी यू(१९ विश्वकप २०२४ को सुपर सिक्स तथा आफ्नो अन्तिम खेलमा भारतविरुद्ध प्लेइङ(११ मा तीन परिवर्तन गरेको छ ।

पछिल्लो खेलमा बंगलादेशविरुद्ध खेलेका ओपनर विपिन रावल, आकाश त्रिपाठी र फिनिसर दीपक बोहरा आज टोलीमा छैनन् । नेपालले आज विकेटकिपर उत्तम थापामगर, दीपक डुम्रे र दीपक बोहरालाई मौका दिएको छ ।

आज मौका पाएका दीपक बोहरा ओपनर तथा लेग स्पिन अलराउन्डर हुन् । उत्तम र डुम्रे दुबै युवा विकेटकिपर हुन् । मध्यक्रममा यी दुई ब्याटरले स्पिन राम्रो खेल्ने गर्दछन्। किपिङ भने उत्तमले गर्ने छन् ।

अन्तिम खेल हुँदा बेन्चमा बसेका खेलाडीलाई नेपालले मौका दिएको छ । नेपाल प्रतियोगिताबाट बाहिरि सकेको अवस्थामा अन्तिममा उत्कृष्ट क्रिकेट खेल्न चाहन्छ । नेपालले टस हारेर पहिला फिल्डिङ गर्ने निम्तो पाएको छ ।

अर्जुन कुमाल, उत्तम थापामगर ९विकेटकिपर०, दीपक डुम्रे, देव खनाल ९कप्तान०, विशाल विक्रम केसी, गुलशन झा, दीपक बोहरा, दीपेश कँडेल, सुभाष भण्डारी, आकाश चन्द र दुर्गेश गुप्ता ।

भर्खरै

सम्बन्धित खबर

Language »