सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

छोराको सम्झनामा पुस्तकालय स्थापना गर्न छ लाख दिने घोषणा

काठमाडौं । समाजप्रतिको आफ्नो उत्तरदायीत्व महसुस गर्ने मानिसले आफु जन्मेको, हुर्केको ,पढेको,बढेको ठाउँहरुलाई कहिल्यै भुल्न सक्दैन भन्ने एक उदहारण बन्नु भएको छ सिन्धुपाल्चोक बलेफी ६ माङ्खाका विष्णुप्रसाद आचार्य उहाँले छोराको सम्झनामा “पुष्कर आचार्य स्मृति पुस्तकालय” स्थापना गरी विद्यार्र्थी तथा स्थानीय समुदायको ज्ञान आर्जनको यात्रामा सहकार्य गर्न ६ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्नु भएको छ ।
शिक्षण पेसामा रहेर सामाजिक रुपान्तरणको अभियानमा सकृय आचार्यले श्री कूपकन्या मावि, बलेफी — ६, माङ्खा, सिन्धुपाल्चोकको प्रधानाध्यापक भएर लामो समय विद्यालय सन्चालनको जिम्बेवारी समेत बहन गर्नु भएको थियो ।
शिक्षा क्षेत्रमा अतुलनीय योगदान गरेकाले विष्णुप्रसाद आचार्यलाई श्री कूपकन्या मावि, बलेफी — ६, माङ्खा, सिन्धुपाल्चोकले विद्यालयको ६५ औं वार्षिकोत्सवका अवसरमा २०८० माघ २५ गते सम्मान प्रदान गर्दैछ ।
विद्यालयले स्थापनाकालदेखि २०८० माघ २० गतेसम्म स्थापना हुने कोषका दातालाई सम्मान गर्ने निर्णयबमोजिम उक्त सम्मान गर्न लागेको प्रधानाध्यापक फूलबहादुर तामाङले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार कोष स्थापना गर्न चाहनेहरूले जुनसुकै मितिमा विद्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ ।
समाज बिकासमा शिक्षाको महत्वपुर्ण भुमिका हुने भन्दै कूपकन्या पुर्वविद्यार्थी मञ्चले समाजिक सन्जाल तथा भौतिकरुपमै बहस चलाएर ग्रामिण स्तरमा रहेका विद्यालयलाई सुबिधा सम्पन्न, प्रबिधिमैत्री र ब्यवस्थित बनाउन सके अरु बिकासका लागि समेत सहजहुने निस्कर्श निकाल्दै, विद्यालयमा यस अघि खोलिएका अक्षयकोषलाई ब्यवस्थापन गर्ने र नयाँ अक्षयकोष खोल्न चाहनेहरुको लागि सहजिकरण गर्न अभियाननै सन्चालन गरेपछि दर्जनौ व्यक्तिहरुले आफ्ना दिवंगत आफन्तहरुको नाममा अक्षयकोष खडा गर्ने घोषणा गरिसकेका छन् ।
कूपकन्या पुर्वविद्यार्थी मञ्चका अध्यक्ष टुमराज कोईराला(कला अनुरागी)को सकृयतामा सन्चालित अभियान बाट विद्यालयलाई ठुलो राहत पुग्ने माङ्खाका स्थानीयहरुले बताउनु भएको छ ।
कूपकन्या पुर्वविद्यार्थी मञ्चले यसै बर्ष जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा दर्ता गरि आधिकारीकरुपमा आफ्नो कार्यहरु अगाडी बढाईरहेको छ ।
श्री कूपकन्या मावि, बलेफी — ६, माङ्खा, सिन्धुपाल्चोकले विद्यालयको ६५ औं वार्षिकोत्सवका अवसरमा २०८० माघ २५ गते पुर्वविद्यार्थी पुनर्मिलन कार्यक्रम समेत राखेर कार्यक्रमलाई भब्य बनाउने तयारी गरिरहेको छ ।
उक्त कार्यक्रमलाई प्रमुख अतिथिकोरुपमा संघिय सांसद तथा सिन्धुपाल्चोकका माओवादी केन्द्रका युवा नेता माधव सापकोटा (सुबोध)ले सम्बोधन गर्ने सामाजिक सन्जाल मार्फत जानकारी गराईएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »