सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

हङ्कङ तामाङ घेदुङ संघको आयोजनमा भएको सोनाम ल्होछारको शुभकामना तथा सांगितीक कार्यक्रम भब्यताकोसाथ सम्पन्न

हङ्कङ । हङ्कङ तामाङ घेदुङ संघले २०२४ फेब्रुवरि १० मा सोनाम ल्होछारको अवसरमा हङ्कङको याउचि मोङ स्थित ब्लु ओसिएन रेस्टुरेन्टको सभा कक्षमा सोनाम ल्होछार तथा मन्जुश्री संवत् २८६०को शुभकामना आदन प्रदान र बिशेष सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।


नेपाल बाट आमन्त्रित चर्चित गायक आशुसेन लामाको बेजोड साङितिक प्रस्तुति सहित कार्यक्रम भब्यताकासाथ सम्पन्न भएको
हङ्कङ तामाङ घेदुङ संघकि अध्यक्ष शुस्मा वाईबा तामाङको अध्यक्षतामा सम्पन्न औपचारिक कार्यक्रममा प्रमुख अतिथी नेपाली आदिबासी जनजाति महासंघ हङ्कङका अध्यक्ष राज नेगी तामाङ, बिशिष्ट अथिती हङ्कङ सरकार द्वारा हङ्कङको इतिहाँस मै पहिलो पटक नेपाली समुदाय बाट काउन्सेलर जस्तो गरिमामय पदमा मनोनित श्रीमती अरुणा गुरुङ, हङकङमा रहेका बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु आतिथ्यता रहेको थियो ।


औपचारिक कार्यक्रममा हङ्कङमा रहेर शिक्षा क्षेत्रमा महत्वपुर्ण उपलब्धि हासिल गरेकोले सोनिया घिसिङलाई , खेलकुद क्षेत्रमा उच्च सफलता हासिल गरेको कराते खेलाडी रायना लामा र उदयमान बक्सिङ खेलाडी प्रकान्ड लामालाई कदर पत्र सहित सम्मान गरिएको थियो ।
महासचिब कृष्ण लामाले सन्चालन गर्नुभएको औपचारिक कार्यक्रममा स्वागत मन्तब्य हङ्कङ तामाङ घेदुङ संघको उपाध्यक्ष निल कुमार वाईबाले दिनु भएको थियो । भने साङ्गितिक कार्यक्रम भुवन तामाङले सन्चालन गर्नुभएको थियो ।
कार्यक्रममा उपस्थित सबै सहभागिहरुले सांगितीत माहोलमा रमाईलो गर्दै ,शुभकामना आदानप्रदान गरेर सामुहिक रुपमा मन्जुश्री सम्वत् २८६० लाई स्वागत गर्नुभएको थियो ।

हङ्कङ तामाङ घेदुङ संघका महासचिव कृष्ण लामाले कार्यक्रमकोबारेमा सारा खवरलाई जानकारी गराउनु भएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »