सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

उद्योगपति सीताराम यादव नेकपा (एमाले) मा प्रवेश


नेपालगन्ज, नेपालगन्जको युवा उद्योगपति सीताराम यादव नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ ।
यादवलाई बिहीवार नेपालगन्जस्थित पार्टी कार्यालयमा नेकपा (एमाले) केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य दिपा शर्मा, केन्द्रीय सल्लाहकार दलबहादुर सुनार, जिल्ला कमिटी अध्यक्ष किस्मत कक्षपति, प्रदेश कमिटी सदस्य अशोक कर्माचार्य, जिल्ला कमिटी सदस्य मीन मल्ल लगायतका नेताहरुले अविर लगाएर पार्टी प्रवेश गराउनु भएको हो ।

जनता समाजवादी पार्टी (जसपा)का प्रदेश कमिटी सदस्य रहनुभएका यादवले नेकपा (एमाले)को बिचार, सिद्धान्त र नीतिप्रति आकर्षित भई एमालेमा प्रवेश गरेको बताउनुभयो ।

यादवका पिता उधउ यादव २०५४ को स्थानीय चुनावमा नेकपा एमालेबाट मनिकापुर गाविसको उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो । नेपालगन्जको होटल व्यवसायमा सफल हुनु भएका यादवले पछिल्लो पटक जानकी–६ गनापुरमा भेरी होटल सञ्चालन गर्दै आउनु भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »