सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्ज वडा ५ का २०० विपन्न र गरिब परिवारलाई ग्याँस चुल्हो वितरण


नेपालगन्ज, खाना पकाउन दाउराको प्रयोग गर्दै आइरहेकोमा दाउरा पाउन समस्या हुन थालेपछि नेपालगन्ज –५ का २०० विपन्न र गरिब परिवारलाई ग्याँस चुल्हो वितरण गरिएको छ ।

नेपालगन्ज उपमहानगरपालिका –५ ले आफ्नो वडाभित्रका अति विपन्न तथा गरिब परिवारलाई खाना पकाउने ग्यास चुल्हो वितरण गरेको जनाएको छ । वडाभित्र रहेको विपन्न र गरिबलाई खाना पकाउन सहज र सरल होस् भन्ने उद्देश्यसाथ २०० परिवारलाई खाना पकाउने ग्यास चुल्हो वितरण गरिएको वडा ५ का वडा अध्यक्ष सराफत खानले बताउनुभयो ।

उहाँले आफ्नो वडाको बाबा मजार टोल, कसाइमण्डी, आँखा अस्पताल रोड, बेहना टोल, रामनगर रोड, एमपी स्कुल रोड, साइमार्ग, भट्टा टोल र जडीबुटी कार्यालय पछाडिको टोलमा बस्ने विपन्न र गरिब परिवारलाई ग्यास चुल्हो वितरण गरिएको बताउनुभयो ।

वितरण गरिएको सामानमा ग्यास चुल्होसँगै त्यसमा लाग्ने पाइप, रेगुलेटर र लाइटर समेत सबैलाई वितरण गरिएको नेपालगन्ज उपमहानगरपालिका ५ को कार्यालयले जनाएको छ । ग्याँस चुल्हो पाएपछि खुशी हुँदै कसाइमण्डीका रमजाना हलवाईले अब खाना पकाउन दाउराको मात्र भर पर्नु नपर्ने हुँदा सहज हुने बताउनुभयो ।

उहाँले सिलिण्डर पनि वितरण गरेको भए झन सहज हुने जनाउँदै एक पटकका लागि ग्याँस सिलिण्डर पनि बितरण गर्न वडा कार्यालय र नेपालगन्ज उपमहानगरपालिकासँग आग्रह गर्नुभयो । वडावासीको कुनै पनि समस्या पर्दा सधैं जनसेवामा हाजिर रहने वडा अध्यक्षका रुपमा परिचित वडाध्यक्ष खानले बाढी, जाडो वा अन्य कुनै विपद र समस्याका बेलामा पनि जनताको हितका लागि निरन्तर काम गर्दैआएको अर्का स्थानीय वडावासी दीपक श्रेष्ठले बताउनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »