सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपाली काँग्रेस महासमिति बैठकमा जनसम्पर्क समितिका अध्यक्ष,महासमिति सदस्यहरूको साझा धारणा प्रस्तुत

काठमाडौं- विश्वका विभिन्न देशमा रहेका नेपाली कांग्रेस समर्थित जनसम्पर्क समितिले साझा धारणा राखेका छन्।

महासमिति बैठकमा विश्वभरबाट छरिएका रहेका जनसम्पर्क समितिका अध्यक्ष,महासमिति सदस्यहरूको उपस्थितिमा भएको छलफलमा साझा धारणा प्रस्तुत गरेका हुन्।

महासमिति बैठकमा उपस्थित नेपाली जनसम्पर्क समितिका नेता तथा कार्यकर्ताहरुले पार्टी सभापति शेर बहादुर देउवा महासमिति समुहको नेता, काङ्ग्रेस लुम्बिनी प्रदेशका सभापति लगाएत संग भेटघाट छलफल गरि संयुक्त रुपमा साझा धारणा बुझाएका छन् ।

यस्ता छन नेपाली जनसम्पर्क समितिहरूको साझा धारणा,यस्ता छन् मागहरु

मिति २०८० फागुन १३

माननीय सभापति ज्यु
पदाधिकारी ज्युहरु ,
केन्द्रिय सदस्य ज्युहरु ,प्रदेश सभापति ज्युहरु
महासमिति सदस्य ज्युहरु

नेपाली जनसम्पर्क समितिका विश्वभरि का साथीहरु हामी यहाँछौं। यो सगंठन पार्टी को एक अगंको रुपमा आज विश्वका ४१ देशमा क्रियाशील छ। महासमिति बैठकमा २९ देशले भाग लिएका छौ।पार्टी का हरेक गति विधि र निर्देशनमा जनसम्पर्क समिति को सक्रिय सहभागिता र सांगठनिक काम पनि हामीलेगर्दै आएका छौं। देशमा खुखको बेला र पार्टी लेआव्हान गरेको बेला हामी पनि जुटेका छौं।
हाम्रो चासो र चिन्ता भनेको पार्टीले आगामी दिनमा नेपाली जनसम्पर्क समिति लाई कसरी अगाडी बढाउन चाहेको छ भन्ने बुझनेमा नैछ। समितिका बारे पार्टीले कुनै पनि नीति तय गर्नु अघि सम्बन्धित बिभाग हुँदै समितिका सभापति हरुमार्फत राय,सुझाव लिई परामर्श गर्दै अघि बढ्नका लागि हामी नेतृत्वतहका तपाईंहरुको ध्यानाकर्षणर्ष समेत गराउन चाहन्छौं।

हामी विश्वभरका जनसम्पर्क समितिका नेतृवमा रहेका र यस महासमिति भेलामा सहभागी भएका सदस्यहरुको तर्फबाट
जनसम्पर्क समिति का बारे बुदागत रुपमा निम्न सुझावहरु समेटनका लागि प्रस्ताव गर्दछौं।
नेपाली कांग्रेसको विद्यमान विधानको परि च्छेद २ को १२ र परिच्छेद ५ को धारा १४ मा रहेको नेपाली जनसम्पर्क समिति सम्बन्धी
सम्पपुण व्यवस्था र अधिकारलाई यथावत राखी निम्न बँदुाहरुलाई समेट्नका लागि प्रस्ताव गर्दछौं।

● नेपाली कांग्रेसको विधानको धारा १६ को (च) मा ब्यबस्था भए वमोजिमको अधिकार जनसम्पर्क समितिको हकमा पनि लागुगरिन प्रर्दछ। जस अनसुसार,नेपाली कांग्रेसको महाधि वेशनमा भाग लिन आउने नेपाली जनसम्पर्क समितिका प्रतिनिधि हरु केन्द्रीय नेतत्वका लागि समेत उम्मेदवार हुन पाउने व्यवस्था गरिनु प्रदछ।
● नेपाली जनसम्पर्क समिति लाई ६ महादेशस्तरमा सरंचना निर्माण गरी प्रत्येक महादेशबाट न्यनूतम एक एक केन्द्रीय सदस्य निर्वाचित हुनेप्रस्ताव पेश गर्दछौं।

● नेपाली कांग्रेसको विधान को धारा ५ को ग को ३ मा ब्यबस्था भए बमोजिम जनसपंर्क समितीबाट महाधिवेशन र महासमितीमा भाग लिने प्रतिनिधि हरुलाई सम्बन्धित जिल्लाको जिल्ला कार्य सर्यमिति को बैठकमा आमन्त्रित सदस्यको रुपमा भाग लिन पाउने बैधानिक व्यवस्था गरियोस।

● नेपाली जनसम्पर्क समिति सम्बन्धी पार्टीले स्वीकृत गर्ने विधानमा एकरुपता कायम गरि योस। सबैजनसम्पर्क समितिको कार्यकाल पार्टी को मलू विधानको कार्यकाल सगै चार वर्ष कायम गरियोस् ।

● नेपाली कांग्रेसले आफ्ना तर्फबाट गर्ने कुनै पनि राजकीय र शासकीय लाभ र नि यक्तिुक्ति का लागि नेपाली जनसम्पर्क समितिको सिफारिशलाई प्राथमिकतामा राखियोस।विभिन्न देशमा विभिन्न खाले अवतैनिक राजदुत /प्रतिनिधि नियुक्ति गर्दा सगंठनको सरंचनामा क्रियाशील रहेका साथीहरुलाई समेटेन सकेको खण्डमा मात्र पार्टीमा सक्रिय रहेका साथीहरुको सम्मानको प्रत्याभतू हुनेछ र मेरो पार्टी लेमेरो योगदानको उचित कदर गर्नेछ भन्ने विश्वास बढ्नेछ।

● पार्टीमा रहेको दोश्रो दर्जाको क्रियाशील सदस्य सम्बन्धी प्राबधान तत्काल खारेज होस।हामी नेपालको मलू काननु र पार्टी को आन्तरिक बिधानको पर्णू सम्मान र परिपालन गर्नेछौं। त्यसलै क्रियाशील सदस्यता सम्बन्धी व्यवस्थाका लागि अझ व्यापक छलफल हुनपुर्छ भन्नेहाम्रो माग रहेको छ।

● जनसम्पर्क समन्वय विभाग गठन गर्दा विभागमा मनोनित हुने सदस्यहरुका हकमा नेपाली जनसम्पर्क समिति कै सदस्यहरुलाई पहिलो प्राथमिकता दिनपर्नेछ। यसका लागि जनसम्पर्क समितिको सिफारिशका आधारमा मात्र विभागीय मनोनयन गर्ने व्यवस्था गरिनपर्छ । उप-प्रमखू ,सदस्य सचिव सहित ७५% सदस्य जनसम्पर्क समिति बाट नै मनोनित गरिन प्रदछ र यस्तैप्रवाधान गैर आवासीय नेपाली सम्बन्धी विभागमा पनि गरिन प्रदछ।

● सविंविधान प्रदत्त मताधिकारका लागि नेपाली कांग्रेसको यसैमहासमिति भेलाले आगामी आम निर्वाचन देखि नै
विदेशमा रहेका नेपाली नागरिकहरुले मताधि कार प्रयोग गर्न पाउनेगरी काम गर्न नेतृत्व लिनपुर्छ।

● नेपाली जनसम्पर्क समितिका महाधिवेशन प्रतिनिधि हरुले सम्बन्धित प्रदेश अधिवेशनमा समेत मताधि कार प्रयोगगर्ने पाउनपर्ने

● नेपाली काङ्ग्रेसको कृयासिल सदस्यको ५०% सदस्यता शुल्क समन्धित जनसम्पर्क समितिमा रहने बेबस्था हुनु पर्ने।

साझा धारणा प्रस्तुत गर्ने मुलुक र नेता कार्यकर्ताहरुको नामावली:-

बाल कृष्ण पाण्डे अध्यक्ष भारत
बुद्धि प्रकाश ओलि अध्यक्ष क्यानडा
शिखर खाड्का अध्यक्ष जर्मनी
अर्जन बहादुर थापा अध्यक्ष साउदी अरेबिया
सुबास गुरुङ अध्यक्ष बेल्जियम
बजिन्द्र बहादुर क्षेत्री अध्यक्ष दक्षिण कोरिया
सुरेश रन सिंह गुरुङ अध्यक्ष अस्टे्रलिया
अंकित ओलि अध्यक्ष आयरल्यान्ड
खडक सिंह बम महासमिती सदस्य भारत
सुनिता जिसि कुवर महासमिती सदस्य भारत
हेम राज पाण्डे क्यानडा महासमिती सदस्य
चिन्ता मणि सापकोटा स्पेन महासमिती सदस्य
सीता अर्याल महासमिति सदस्य साइप्रस
भुपी श्रेष्ठ महासमिति सदस्य जापान
अर्जुन धरेल महासमिति सदस्य भारत

भर्खरै

सम्बन्धित खबर

Language »