सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बारा जिल्लामा भएको बिष्फोटको घटना प्रति ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपाल द्वारा दुख व्यक्त : मृतक परिवारलाई क्षतिपुर्ति र घाईतेहरुको उपचारको माग गर्दै प्रेस बिज्ञप्ति जारी

काठमाडौं । बाराको निजगढ नगरपालिका– ७ स्थित रोहित वर्कसपमा सोमबार दिउँसो भएको विस्फोटका घाइतेमध्ये वर्कसप सञ्चालक ग्रील तथा स्टील ब्यवसायी संघ बारा जिल्लाका अध्यक्ष रेशम जर्गमगरको निधन भएको तथा भारत घर भएका २० वर्षीय अरबिन साह, ३५ वर्षीय राकेश जयसवाल, ठेगाना नखुलेका २० वर्षीय रितु रजत तथा पर्सा जिल्ला वीरगन्ज घर भएका ३४ वर्षीय फिरोद देवान र निजगढ नगरपालिका– ५ का ४५ वर्षीय सूर्यबहादुर थापा घाईते भएको घटना प्रति ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालले दुख व्यक्त गरेको छ ।
सुरुमा ग्यास सिलिन्डर विस्फोट भएको भनिए पनि उक्त वस्तु प्रोजेक्टाइल हुन सक्ने प्रहरीको आशंका छ। निजगढ– ९ स्थित कवाडी सञ्चालक राज जयसवालले प्रोजेक्टाइलजस्तै देखिने उक्त वस्तुमा भएको तामा निकाल्न ग्यारेजमा ल्याएको बताइएको छ।
सो प्रोजेक्टाइल काट्ने प्रयास गर्दा विस्फोट भएको हो । प्रहरीका अनुसार मिसाइलमा प्रयोग हुने प्रोजेक्टाइल नेपालमा पाइँदैन । सो वस्तु इन्डियन फिल्ड गन १०५ एमएममा प्रयोग हुनेजस्तै देखिएको प्रहरी स्रोतले जनाएको छ ।
यद्यपि, हेर्दा बमजस्तै देखिने उक्त वस्तु प्रोजेक्टाइल नै हो वा अन्य विस्फोटक भन्ने परीक्षणपछि मात्रै बताउन सकिने बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए । उनले भने, ‘लेथमा फलाम काट्ने क्रममा विस्फोट भएको भन्ने प्रारम्भिक जानकारी आएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।’

विस्फोटक वस्तु निकै शक्तिशाली देखिएको बाराका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले बताए । विस्फोटबाट ग्यारेज आसपासका घरहरूमा समेत क्षति पुगेको छ । घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय निजगढ र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटिएको छ । प्रहरीले उक्त क्षेत्रलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए ।
विस्फोटपछि कवाडी सञ्चालक जयसवाल र उनकी श्रीमती सुशीलादेवी जयसवला भारत भाग्ने प्रयास गर्दै थिए। निजगढबाट कोल्हवी नगरपालिकामा पुगेर एम्बुलेन्स चढेर भारततर्फ जाँदैगर्दा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको छ ।
यो घटनामा मृत्यु भएका मृतक परिवारलाई उचित क्षेतिपुर्ति तथा घाईतेहरुको निशुल्क उपचारकोलागि महासंघले सरकार संग जोडदार माग गर्दै एक बिज्ञप्ति समेत जाररी गरेको छ ।
प्रेस बिज्ञप्ति
ग्रील तथा स्टील ब्यवसायको काम अत्यन्तै जोखिमपुर्ण काम हो । यो कामको प्राबिधिकपक्षलाई मध्यनजर गर्न नसक्दा ठुला ठुला दुर्घटना हुने गर्दछन् । आज बारा जिल्लामा भएको दुर्घटना प्रति ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालको गम्भिर ध्यानाकर्षण भएको छ ।
दुर्घटनामा परि ग्रील तथा स्टील ब्यवसायी संघ बारा जिल्लाका अध्यक्ष रेशम जर्गमगरको निधन भएको तथा भारत घर भएका २० वर्षीय अरबिन साह, ३५ वर्षीय राकेश जयसवाल, ठेगाना नखुलेका २० वर्षीय रितु रजत तथा पर्सा जिल्ला वीरगन्ज घर भएका ३४ वर्षीय फिरोद देवान र निजगढ नगरपालिका– ५ का ४५ वर्षीय सूर्यबहादुर थापा घाईते भएको खबरले हामि सबैलाई अत्यन्तै मर्माहित बनाएको छ ।
सर्व प्रथम स्वर्गिय रेशम जर्गामगरको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समबेदना प्रकट गर्दै अन्य घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।
घटना कसरी घट्यो भन्ने बिषयमा अहिले सम्म आधिकारीक जानकारी नआईसकेकोेले त्यति शक्तिशालि बिष्फोटक त्यहाँसम्म कसरी आईपुग्यो भन्ने बिषयमा समेत गहिरो अनुसन्धान हुन जरुरी देखिएकोले यो बिषयमा गम्भिर छानबिन गरि सत्य तथ्य बाहिर ल्याउन जिल्ला प्रशासन कार्यलय ,स्थानिय प्रहरी तथा स्थानिय सरकारलाई महासंघको तर्फबाट जोडदार माग गर्दछौं ।
यस्ता घटनाहरुले हामि ब्यवसायीहरुलाई आतंकीत बनाएर ब्यवसायबाट पलायन गराउने तर्फ उन्मुख गरिरहेकोले ब्यवसायीहरुको सुरक्षाको सवालमा गंभिर हुने बेला आएको हामिलाई महसुश भएको छ ।
यो दुर्घटनामा ज्यान गुमाएका परिवारलाई तत्काल उचित क्षतिपुर्ती तथा घाईतेहरुलाई निशुल्क उपचारको वातावरण बनाउन सरकार संग हामि महासंघको तर्फबाट अपिल समेत गर्दछौं ।
यस्तो संवेदनशिल बिषयलाई गंभिरतापुर्वक लिएर काम कार्वाहि अगाडी नबढाउने जस्तो लापर्वाहि भएमा आफ्नो मातहतमा रहेका ब्यवसायीहरुको हक हित र सुरक्षाको लागि महासंघ जस्तो सुकै कदम चाल्न पनि तयार रहेको जानकारी गराउन चाहान्छौं ।
अध्यक्ष
ठुलोबाबु श्रेष्ठ
ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपाल

भर्खरै

सम्बन्धित खबर

Language »