सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

‘शाखा अधिकृत कर्णविरुद्धको मुद्दामा न्याय पायौं’ – सुस्मा महरा

काठमाडौं। चाबहिलस्थित फेसियल हाउसकी सञ्चालिका सुस्मा महराले अध्यागमन विभागमा कार्यरत शाखा अधिकृत बन्दना कर्ण जोडिएको घटनामा आफूले न्याय पाएको बताएकी छन् । गत असार २७ गते ब्युटिसियन महराले सञ्चालन गरेको फेसियल हाउसमा सेवा लिन आएकी कर्णले पैसा तिर्ने बेलामा सिसीटिभी राखेको भन्दै विभिन्न बहाना गरेको, पैसा दिन नमानेको र आफूहरुको पेसामाथि विभिन्न आरोप लगाएको उनको भनाइ छ ।

उनले शाखा अधिकृत कर्णले आफूलाई सिसीटिभीको सहायतामा नराम्रा भिडियोहरु बनाएर बेच्ने गरेको आरोप लगाएको बताईन् । आफ्नो पेसानै बदनाम हुनेगरी शाखा अधिकृत कर्णले प्रचारप्रसार गरेको उनको भनाइ छ । उक्त मुद्दामा उच्च अदालतले शाखा अधिकृत कर्णले आरोप लगाएजस्तो घटना प्रमाणित हुने कुनै प्रमाण दिन नसकेको भन्दै सफाइ दिएको उनले बताईन् । उनले उक्त घटना अब कुनै अदालतमा प्रश्न उठाउन नपाउने गरी टुङ्गिएको बताईन् ।

कर्णले आफूलाई विभिन्न धम्की दिएको र दुरब्यबहार गरी पावर र पहुँच देखाउन खोजेको उनको भनाइ छ । महराले पेसा गर्ने क्रममा आफूलाई परेको अन्याय दबाएर नबस्न सबै ब्युटिसियनकर्मीहरुलाई आग्रह गरिन् । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै नेपाल ब्यटिसियन संघमा आवद्ध पेशाकर्मीहरुले उक्त घटनामा आफूहरुको जीत भएको बताए ।

ब्युटिसियन संघकी निर्वतमान उपाध्यक्ष कल्पना आचार्यले सुस्मा महराको फेसियल हाउसमा घटेको घटना प्रतिनिधिमात्रै भएको बताईन् । उनले अब आफूहरु नेपालभरका ब्युटिसियनहरुलाई हामी एक्लै छैनौं भन्ने सन्देश दिनेगरी काम गर्ने बताईन् । आफूहरु श्रम गरेर खाने सबल नारी भएको बताउँदै उनले यस्ता प्रकारका धम्कीबाट नडराउने बताईन् ।

ब्युटिसियन संघकी निर्वतमान अध्यक्ष भगवती खड्काले आफूलाई परेको अन्यायलाई दबाएर नराख्न सबै ब्युटिसियनहरुलाई आग्रह गरिन् । आफूहरुले श्रम गरेर कर तिरेको र देशको अर्थतन्त्रलाई टेवा पुगेको उनले बताईन् । आफूहरुले तिरेको कारबाट तलब खानेहरुले आफूहरुलाई हिंसा गर्दा अपमान सहन नसकेर न्यायका लागि एकजुट भएको उनले बताईन् ।

ब्युटिसियन संघकी अध्यक्ष सरिता गौतमले शुस्मा महराजस्ता समस्यामा परेका दिदीबहिनीहरुको पेसागत हकहितका लागि आवाज उठाउन तयार रहेको बताईन् । पेशागत हक हितका लागि आफूहरु जहाँ गएर आवाज उठाउन पनि तयार रहेको उनले बताईन् ।

ब्युटिसिएन संघकी महासचिव शशी शाहले फेसियल हाउसमा श्रमिकहरुलाई दुव्र्यबहार गरेको घटनामा आफूहरुले विभिन्न निकायमा आवाज उठाएको बताईन् । उनले उक्त घटनामा आफूहरुले सडक आन्दोलनसमेत गर्नुपरेको स्मरण गरिन् । अन्ततः आफूहरुलाई गत फागुन १० गतेको अदालतको फैसलाले न्याय पाएको अनुभूति भएको उनको भनाइ छ ।

ब्युटिसिएन संघकी निवार्तमान केन्द्रीय उपाध्यक्ष गंगा नकर्मीले आफूहरुको पेसामाथि लागेको झुठो आरोपमा न्याय पाएको बताईन् । अपमानजनक शब्द र झुठो आरोप आगमी दिनमा आफूहरुको पेशामाथि आँच आउने र आफूहरुलाई दबाउने काम भएमा एकताबद्ध भएर लड्ने उनले प्रतिवद्धता ब्यक्त गरिन् ।

भर्खरै

सम्बन्धित खबर

Language »