सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाँकेमा व्यावसायिक उखु खेती गर्दै एग्रिकल्चर उद्योग


नेपालगन्ज, बाँकेमा अर्गानिक चिनी र गुँड उत्पादन गर्ने उद्देश्यसहित यहाँका कृषकले व्यावसायिक उखु खेती सुरु गरेको छन् ।
एनपिजे एग्रिकल्चर उद्योग प्रालिले शनिबारदेखि बाँकेको खजुरा गाउँपालिका –२ ‘ए’ गाउँ सत्ताईस धुरीमा १२.५ बिघा जग्गामा व्यावसायिक उखु खेतीका लागि उखु रोपाइ सुरु गरेको हो ।


लुम्बिनी प्रदेशका भूमि ब्यवस्था तथा कृषिमन्त्री भण्डारीलाल अहिरले व्यावसायिक उखु रोपाइँको सुरुवात गर्दै युवा पुस्ता कृषिमा लगानीसहित प्रवेश गर्नु सुखद भएको बताउनुभयो । मन्त्री अहिरले आर्थिक विकासका लागि व्यावसायिक कृषिमा जोड दिन आवश्यक भएको बताउनुभयो ।


प्रालिका सञ्चालक साहिल कुरैसीले जानकी गाउँपालिका –३ इन्द्रपुरमा समेत १२.५ बिघा क्षेत्रफलमा पनि उखु रोपाइँ सुरु गरिने बताउनुभयो । यसैगरी राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिकामा पनि उखु खेती गरिने बताउनुभयो ।
जानकी –३ मा मिल खोलेर अर्गानिक चिनी, भेली र गुँड उत्पादन गर्ने लक्ष्य रहेको सञ्चालक कुरैसीले बताउनुभयो । एक पटक उखु रोपेपछि तीन पटकसम्म उत्पादन लिन सकिने कुरैसीले बताउनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »