सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कान्ति आरोग्य अस्पताल नेपालगञ्जमा लेजर प्रविधिबाट शल्यक्रिया सेवा सुरु

नेपालगञ्ज, नेपालगञ्जको धम्बोझी चोक नजिकै रहेको कान्ति आरोग्य अस्पताल नेपालगञ्जले पश्चिम नेपालमै पहिलो पटक लेजर प्रबिधिबाट शल्यक्रिया सेवा सञ्चालनमा ल्याएको छ ।


कान्ति आरोग्य अस्पतालका बरिष्ठ ल्योस्कोपिक सर्जन डा. विजय उपाध्यायले पश्चिम नेपालमै पहिलो पटक कान्ति आरोग्य अस्पतालमा लेजर प्रविधिबाट शल्यक्रिया गर्ने पद्धती भिल्याई सेवा समेत सुरुवात गरेको जानकारी दिए ।
उनले लेजर प्रविधिबाट पायल्स, फिसर, फिस्टुला, पाईलो निडल साईनस साथै डायविटिक फुटको विरामीको उपचारमा लेजर प्रविधिबाट शल्यक्रिया गर्न सहज हुने र यसको नतिजा पनि करिब शतप्रतिशत सक्सेस रहेको बताए ।
उनले कान्ति आरोग्य अस्पतालमा शुक्रबार दुईजना विरामीलाई पायल्स, फिष्टुला र फिसरको अपरेशन गरी सेवा प्रवाह गरेको जानकारी दिए । लेजर प्रविधिबाट शल्यक्रिया गर्दा विरामीलाई चिर्नु पर्दैन र लेजरको मद्दले सेवा प्रवाह गर्ने गरिन्छ ।
लेजर प्रविधि काठमाण्डौ, पोखरा र चितवनमा मात्र सञ्चालनमा रहेको छ । पश्चिम नेपालमा पहिलोपटक कान्ति आरोग्य अस्पताल नेपालगञ्जले सञ्चालन गरेको हो ।

भर्खरै

सम्बन्धित खबर

Language »