सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सिन्धु कृषि ,व्यापार, पर्यटन तथा सांस्कृतिक महाेत्सव बागमती प्रदेश सदस्य सरल सहयात्री पाैडेल द्वारा उद्घाटन

सिन्धुपाल्चोक समृद्धिकाे आधार , शिक्षा, कृषि, पर्यटन र पूर्वाधार भन्ने मुल नाराका साथ सिन्धु कृषि ,व्यापार, पर्यटन तथा सांस्कृतिक महाेत्सव बिहीबार देखि सुरुभएकाे छ । बागमती प्रदेश सदस्य सरल सहयात्री पाैडेलद्वारा उद्घाटन भएको महाेत्सव चैत १३ गते सम्म चल्ने छ ।

राष्ट्रिय संगितकर्मी संघ सिन्धुपाल्चोककाे आयोजनामा भएको महाेत्सवमा विभिन्न पालिकाकाे कृषि तथा घरेलु उत्पादनकाे स्टल रहने व्यवस्थापक राेशन श्रेष्ठले बताए । उद्घाटनकाे अवसरमा चाैतारा स्थित कृष्ण मन्दिरवाट सुरु भएको धिमे बाजा, खैजेडी भजन लगाएकाे सास्कृतिक झाँकीले बजार परिक्रमा गरेकाे थियाे ।

उद्घाटनकाे अबसरमा धिमेवाजा, खैजेडी भजन बाट सुरु भएको महाेत्सवकाे १३ दिन सम्म विभिन्न स्थानीय तथा राष्ट्रिय कलाकारकाे प्रस्तुति हुने राष्ट्रिय संघितकर्मी संघका जिल्ला अध्यक्ष ईश्वर सापकोटाले बताए ।
महाेत्सवकाे उद्घाटन गर्दै प्रमुख अतिथि सरल सहयात्री पाैडेलले महाेत्सव कृषि, पर्यटन र साँस्कृतिक मनाेरञ्जनकाे संगम बन्न सक्नु पर्ने बताउँदै यस्ता खालका महाेत्सवले जिल्लाकाे कला, संस्कृतिकाे उजागर गर्ने बिश्वास ब्यक्त गरे ।

जिल्लाकाे  विकार निर्माण र समग्र  गतिविधिलाई लिएर बिस्तृत छलफल गरि  सर्वपक्षीय धारणा  बनाउने उद्देश्यले वार्षिक रुपमा महाेत्सवकाे आयोजना गरिनुपर्ने उनकाे धारणा थियाे।

महाेत्सवमा चाैतारा साँगाचाेकगढी नगरपालिकाका पूर्व प्रमुख अमानसिं तामाङ, सहायक प्रमुख जिल्ला अधिकारी  जितबहादुर भण्डारी, वडा नंं.५ का अध्यक्ष शिव श्रेष्ठ , राष्ट्रिय संगित कर्मी संघ सिन्धुपाल्चोकका सचिव सुरेन्द्र गिरी, कलाकार कुमार चालिसे लगाएतकाले मन्तब्य राखेका थिए ।

महाेत्सवकाे पहिलाे दिन कलाकार सानू के.सी, लक्ष्मी दर्नाल, भिमसेन खतिवडा , कुमार चालिसे लगाएतकाले लाेक तथा दाेहाेरी प्रस्तुति दिएका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »