सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सिन्धुपाल्चोक उद्योग बाणिज्य संघमा अम्बर बहादुर श्रेष्ठ(उमेश)को उम्मेदवारी

काठमाडौं । सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको २८ औ बार्षिक साधारण सभा तथा ११ आंै अधिवेशनमा युवा ब्यवसायी अम्बर बहादुर श्रेष्ठ(उमेश)ले सदस्य पदमा उम्मेदवारी दर्ता गराउनु भएको छ ।


संघको यही मिती २०८० चैत्र ९ र १० गते २८ औ बार्षिक साधारण सभा तथा ११ औ अधिवेशनहुन गईरहेको छ ।


लामो समयदेखि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको बिभिन्न ब्यापार ब्यवसाय गर्दै आउनुभएका श्रेष्ठले संघको सदस्य पदमा उम्मेदवारी दिएको जानकारी गराउनु भएको छ ।

समग्र सिन्धुपाल्चोकको ब्यवसायीहरुको हितमा काम गर्न आफ्नो उम्मेदवारी रहेको बताउँदै उहाँले आफुलाई मतदान गरेर सहयोग गर्न संपुर्ण ब्यवसायीहरुलाई आग्रह समेत गर्नु भएको छ ।
हरेक सेक्टरमा युवा नेतृत्व आजको आवश्यकताहो भन्ने मान्यताका साथ उम्मेदवारी दर्ता गराउनु भएका श्रेष्ठको क्रम संख्या ०१ रहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »