सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अमेरिकन पेस्तोल सहित २ जना डाँका पक्राउ

काठमाडौं । सर्लाही प्रहरीले २ जना भारतीय डाँकाहरुलाई अमेरिकन पेस्तोल र सोको ६ राउण्ड गोलि सहित पक्राउ गरेको छ ।


२०८०चैत्र०५ गते विषेश सुचनाको आधारमा सर्लाही बरहथवा नग ६ मगर टोलमा इ.प्र.का. बरहथवा सर्लाही बाट खटिएको प्रहरी टोली र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट सादा पोशाकमा खटिएको संयुक्त टोलीले खोज तलास गर्दा भारत बिहार सितामढी थाना सैयारा ग्राम सैयारा बस्ने लक्ष्मण सिंहको छोरा वर्ष २८ को सन्नी कुमार सिंह र मोतिहारी गंगापिपरा बस्ने अशोक राउतको छोरा वर्ष २४ को जितेन्द्र कुमार राउतको डेरामा शंका लागि चेक जाँच गर्दा जितेन्द्र कुमार राउतले आफ्नो साथमा रहेको 9mm Auto Pistol made in USA लेखेको पेस्तोलबाट १ राउण्ड गोली फायर गरेको, निजहरु सहित9mm Auto Pistol made in USA १ थान म्याग्जिन थान १ गोली ६ राउण्ड र फायर भएको खोका १ थान फेला परेको हो ।
उनिहरुलाई हतियार सहित नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सर्लाही लैजाने क्रममा बसबरिया गाउँपालिका ६ पोखरीयाबाट केहि अगाडी मलंगवा तर्फको बाटोमा गाडीबाट भाग्ने कोशिस गरेपछि जितेन्द्र कुमार राउतलाई नियन्त्रणमा लिने क्रममा प्रहरीबाट चाईनिज पेस्तोल टाईप 54 बाट ५ राउण्ड फायर खोल्दा निज जितेन्द्र कुमार राउतको बाँया घुडा, दाहिने तिघ्रामा २ राउण्ड गोली लागि, निजको प्रादेशिक अस्पताल मलंगवामा उपचार गरि थप उपचारको लागि जनकपुर रेफर गरि थप अनुसन्धान कार्य भईरहेको प्रहरी श्रोतले जानकारी गराएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »