सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

चैत्र १४ र १५ गते ग्रील तथा स्टील ब्यवसायीहरुको फुटबल महासंग्राम हुँदै

काठमाडौं । केहि समय यता पत्रकार ,जनप्रतिनिधि,संघ संस्था तथा राजनैतिक पार्टी र तिनका भातृ संगठनहरुले समेत खेलकुदमा चासो लिईरहेका छन् । बिभिन्न खेललाई मैत्रिपुर्ण प्रतियोगिताहरु गरेर खेलकुदको प्रचार प्रसार अगाडी बढाईरहेका छन् ।
यसैबिच ग्रील तथा स्टील ब्यवसायीहरुको हक हित र उत्थानको क्षेत्रमा महत्वपुर्ण भुमिका खेलिरहेको ग्रील तथा स्टील ब्यवसायी संघ काठमाडौं पुर्वि क्षेत्रिय समितिको आयोजनामा मैत्रिपुर्ण फुटबल प्रतियोगिता हुन लागेको ग्रील तथा स्टील ब्यवसायी संघ काठमाडौं पुर्वि क्षेत्रिय समितिका अध्यक्ष बिष्णु कुमार श्रेष्ठले जानकारी दिनु भएको छ ।
प्रतियोगितामा ग्रील तथा स्टील ब्यवसायी संघ काठमाडौं मातहतमा रहेका १४ वटा इकाई समिति,२ वटा क्षेत्रिय समिति ,काठमाडौं जिल्ला समिति र ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालको सहभागिता रहने आयोजक समितिले जनाएको छ ।
काठमाडौंको कपन, बालुवाखानीमा रहेको कपन स्पोर्टस्को फुटसल ग्राउण्डमा यहि चैत्र १४ र १५ गते प्रतियोगिता आयोजना गरिएको आयोजक पक्षले आज पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।
ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका महासचिव बिवेकदास श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको पत्रकार सम्मेलनमा ग्रील तथा स्टील ब्यवसायी संघ,काठमाडौं पुर्वी क्षेत्रिय समितिका अध्यक्ष बिष्णु कुमार श्रेष्ठको सभापतित्व रहेको थियो भने पुर्वी क्षेत्रका रामकुमार श्रेष्ठले सन्चालन गर्नु भएको थियो ।
पत्रकार सम्मेलनमा प्रतियोगितामा सहभागि टिमका ब्यवस्थापक तथा टिम लिडर,अतिथि,कार्यक्रम ब्यवस्थापक र मुख्य रेफ्रीको रोवहरमा चिठ्ठा र गोला प्रथा बाट प्रतियोगिताको टाईसिट बनाईएको थियो ।
पत्रकार सम्मेलनमा ग्रील तथा स्टील ब्यवसायी महासंघका पधादिकारी ,काठमाडौं जिल्लाका पदाधिकारी क्षेत्रीय अध्यक्ष तथा इकाई समितिका अध्यक्ष एवं प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।
प्रतियोगितामा धेरै टिम सहभागि भएकोले नकआउटको आधारमा खेल खेलाईने हुँदा जम्मा १५ खेलमा प्रतियोगिता सम्पन्न हुने प्रतियोगिता का ब्यवस्थापक महेश श्रेष्ठले जानकारी गराउनु भएको छ ।
प्रतियोगिताको पुर्ण ब्यवस्थापनको जिम्मा महेश श्रेष्ठले लिने तथा प्रतियोगिता अन्तर्गतका सबै खेलहरुमा सिनियर (मुख्य) रेफ्रीको रुपमा उत्तरकुमार सुनारले भुमिका निर्वाह गर्ने निर्णय गरिएको आयोजक संस्थाले बताएको छ ।
पत्रकार सम्मेलनमा बोल्ने वक्ताहरुले स्वस्थ जिवनको लागि खेल भन्ने अवधारणा ग्रील तथा स्टील ब्यवसायीहरुमा पनि जाग्रीत होस भनेर प्रतियोगिता आयोजना गरिएको हुँदा यसलाई निश्पक्ष र मैत्री पुर्ण बनाउन आयोजक पक्षले महत्वपुर्ण र पारदर्शी भुमिका खेल्नु पर्नेमा जोड दिनु भएको थियो ।
पत्रकार सम्मेलनमा पश्चिम क्षेत्रिय अध्यक्ष शैलेस ठकुरी,काठमाडौं जिल्लाका महासचिव यम बहादुर श्रेष्ठ(पशुपति), काठमाडौं जिल्लाका उपाध्यक्ष रोहित श्रेष्ठ,महासंघका महासचिव बिवेकदास श्रेष्ठले प्रतियोगिताको बारेमा बोल्नु भएको थियो ।
आयोजक समितिका संयोजक तथा पुर्वी क्षेत्रका अध्यक्ष,पत्रकार सम्मेलनका सभापति बिष्णु कुमार श्रेष्ठले आयोजकको तर्फबाट खेललाई मैत्रीपुर्ण र सहज बनाउन खेलका आचार संहिता समेत वितरण भइैसकेकोले आयोजक प्रति शंका नगर्न अनुरोध गर्नु भएको थियो ।
यहि खेलकुदको बहानामा नयाँ ४० — ४५ वटा ब्यवसायीहरु संस्थामा आबद्ध भएको जनाउदै उहाँले यो संस्थाको नियम संगतनै भएको जनाउनु भएको छ । नयाँ दर्ता र नामसारीको बिषयमा कुनै बिवाद नरहेको भन्दै श्रेष्ठले संघको बिधान बमोजिम दर्ता भएका सबै ब्यवसायीहरुलाई समाहित गराईने जानकारी गराउनु भयो ।
संचारकर्मी संग कुराकानी गर्दै श्रेष्ठले यो मैत्री पुर्ण खेल भएकोले सामान्य चोटपटक भन्दा माथि कुनै घटना भएका टिम स्वयंले जिम्मा लिनुपर्ने भएकोले संयमित भएर खेल खेल्न सबैलाई अनुरोध समेत गर्नु भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »