सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्रदर्शनी मेलाको लागि भृकुटी मण्डपको बिकल्प खोजिदै

ललितपुर । यहि चैत अन्तिम सातामा “मेड इन नेपाल थिम” सहित “ललितपुर इन्टरनेसनल ट्रेड एक्स्पो २०२४” संचालन हुने भएको छ ।
ललितपुर उद्योग वाणिज्य संघ ललितपुरमा स्थानीय कम्पनी र व्यवसायहरूको हितलाई विकास र अगाडि बढाउने उद्देश्यले ललितपुरमा व्यवसाय र कम्पनीहरूको स्थानीय संगठन
चेम्बर अफ कमर्सका मुख्य गतिविधिहरू व्यवसायिक हितको रक्षा गर्ने र व्यापारिक अनुभव र व्यापारिक हित साझा गर्ने, सरकार, नागरिक समाज, स्थानीय सञ्चारमाध्यम र प्रेससँगको सम्पर्क र व्यापार शो र कार्यक्रमहरू आयोजना गर्ने हो ।
विश्वमा उत्पादित वस्तुहरुको बजारिकरणको लागि एक उत्तम बिकल्पको रुपमा यस्ता एक्स्पोहरु लाई लिईने गरेको छ ।
प्रतिष्ठित ब्यवसायीहरुको बलियो संगठनको रुपमा हेरीने चेम्बरअफ कमर्सले देश तथा विदेशमा समेत यस्ता प्रकारको प्रदर्शनीहरु गर्दै आएको छ ।
ललितपुर चेम्बर अफ कमर्सको आयोजनामा ललितपुर जिल्लाको जाउलाखेल स्थित फुटबल खेल मैदानमा चैत २२ देखि २६ गते सम्मा उक्त ईन्टरनेस्नल ट्रेड एक्स्पोमा “मेड इन नेपाल” प्याभिलियनमा विशेष आकर्षण रहने भएको हो ।
ललितपुर चेम्बर अफ कमर्शले बुधबार पत्रकार सम्मेलन मार्फत उक्त कार्यक्रम को सार्वजनिक गरेको छ ।
ललितपुर इन्टरनेस्नल ट्रेड एक्स्पोमा नेपाल,भारत,पाकिस्तान,श्रृलंका,बंगलादेश,थाइल्यान्ड,टर्की ,मलेसिया र साउथ कोरिया लगायतका देशहरूमा उत्पादित विभिन्न बस्तुहरु तथा सामाग्री,मौलिक उत्पादन र सेवा सम्बन्धि सामानहरुको प्रदर्शन गरिने आयोजक संस्थाले जानकारी दिएको हो ।
एक्स्पोको सह आयोजकको रुपमा ललितपुर महानगरपालिका रहेको छ भने चम्बर अफ कमर्श तथा बिभिन्न बैंक हरुले यो एक्स्पोलाई सहयोग गर्ने आयोजकले बताएका छन् ।
हरेक प्रदर्शनीहरु प्रदर्शनीमार्गको भृकुटी मण्डपमा हुने गरेकोमा त्यसको बिकल्पको रुपमा जाउलाखेल खेल मैदानलाई लिईएको पनि आयोजकले बताएको छ । एक्स्पोमा शौचालय , शुरक्षा तथा सवारी पार्कीङलाई ब्यवस्थित बनाउन सम्बन्धित निकायहरु संग समन्वय गरिने पनि बताईएको छ ।
अन्य देश हरुबाट समेत ब्यवापारीहरु आउने भएकोले यो प्रदर्शनीलाई सभ्य र बृहत बनाउने जिम्मा ललितपुर चेम्बरको काँधमा भएकोले सबैजनाले यसलाई आवश्यक सहयोग गर्न समेत आयोजकले अपिल गरेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »