सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

ग्रील तथा स्टील ब्यवसायीहरुको फुटबल महासंग्राम आजबाट शुरु

काठमाडौं । ग्रील तथा स्टील ब्यवसायीहरुको हक हित र उत्थानको क्षेत्रमा महत्वपुर्ण भुमिका खेलिरहेको ग्रील तथा स्टील ब्यवसायी संघ काठमाडौं पुर्वि क्षेत्रिय समितिको आयोजनामा मैत्रिपुर्ण ग्रील तथा स्टील ब्यवसायी फुटबल प्रतियोगिता २०८० आजबाट शुरु भएको छ ।
ग्रील तथा स्टील ब्यवसायी महासंघका केन्द्रिय अध्यक्ष ठुलोबाबु श्रेष्ठको प्रमुख आतिथ्यतामा समुद्घाटन कार्यक्रम सम्पन्न गरि प्रतियोगिता शुरु गरिएको हो ।
प्रतियोगितामा ग्रील तथा स्टील ब्यवसायी संघ काठमाडौं मातहतमा रहेका १४ वटा इकाई समिति,२ वटा क्षेत्रिय समिति ,काठमाडौं जिल्ला समिति र ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपाल तथा ललितपुर जिल्ला समिति सहित गरि १५ टिमको को सहभागिता रहको छ ।
बुढानीलकण्ठ नगरपालिका कपन, बालुवाखानीमा रहेको कपन स्पोर्टस्को फुटसल ग्राउण्डमा प्रतियोगिता सन्चालन भई रहेको छ ।
प्रतियोगितामा धेरै टिम सहभागि भएकोले नकआउटको आधारमा खेल खेलाईएको छ । जम्मा १५ खेलमा प्रतियोगिता सम्पन्न हुने प्रतियोगिता मध्य आज ७ खेल सम्पन्न भएकोप्रतियोगिताका ब्यवस्थापक महेश श्रेष्ठले जानकारी गराउनु भएको छ ।
प्रतियोगिताको पुर्ण ब्यवस्थापनको जिम्मा महेश श्रेष्ठले लिएका छन् भने प्रतियोगिता अन्तर्गतका सबै खेलहरुमा सिनियर (मुख्य) रेफ्रीको रुपमा उत्तरकुमार सुनारले भुमिका निर्वाह गरिरहेका छन् ।
ग्रील तथा स्टील ब्यवसायीहरुमा पनि खेलकुद प्रति सकारात्मक भावना जागृत होस भनेर प्रतियोगिता आयोजना गरिएको हुँदा यसलाई निश्पक्ष र मैत्री पुर्ण बनाउन आयोजक पक्षले महत्वपुर्ण र पारदर्शी भुमिका खेलि रहेको आयोजक संस्थाका अध्यक्ष बिष्णुकुमार श्रेष्ठले बताउनु भएको छ ।
आज भएको खेलमा जोरपाटी (क) र पुर्वी क्षेत्र ,सानो भर्याङ र महासंघ,बानेश्वर र चुच्चेपाटी,जोरपाटी(ख) र ललितपुर,काठमाडौं जिल्ला र कपन इकाई,नारायणथान (क) र पश्चिम क्षेत्र,३५ वडा इकाई र गोंगबु बिच खेल हुँदा जोरपाटी (क),सानो भर्याङ,चुच्चेपाटी,जोरपाटी(ख),नारायाणथान इकाई(क),कपन इकाई र ३५ वडा इकाईले अग्रता हासिल गरेका छन् ।
भोलिहुने खेलमा जोरपाटी(क) र सानो भर्याङ ,कपन र नारायाणथान (क),३५ वडा र नारायणथान (ख),चुच्चेपाटी र जोरपाटी (ख) बिच खेल भई नक आउटको आधारमा सेमि फाईनल र फाईनल खेल हुने आयोजकले बताएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »