सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सुनको मूल्य प्रतितोला १ हजार १ सय रुपैयाँले बढ्यो

काठमाडौँ । स्थानीय बजारमा बिहीबार सुनको मूल्य तोलामा १ हजार १ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २७ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

सुनको मूल्य प्रतितोला १ हजार १ सय रुपैयाँले बढ्यो
बुधबार छापावाला सुन प्रतितोला १ लाख २६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन प्रतितोला १ लाख २७ हजार ३ सय रुपैयाँमा कारोबार गर्ने गरी मूल्य निर्धारण गरिएको छ । बुधबार तेजाबी सुन प्रतितोला १ लाख २६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार प्रतितोला १ हजार ४ सय ९० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि १ हजार ५ सय १० रुपैयाँ निर्धारण गरिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »