सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्जमा दन्त चिकित्सकहरुको पहिलो क्षेत्रिय कार्यशाला सुरु


नेपालगन्ज, दन्त चिकित्सकहरुको पहिलो क्षेत्रिय कार्यशाला एवंम प्रत्यक्ष सहभागीतामुलक कार्यक्रम नेपालगन्जमा सुरु भएको छ ।
मुख तथा दन्त स्वास्थ्य सेवाका सवालमा विभिन्न जानकारी आदान प्रदान गर्न कार्यशालाको आयोजना गरिएको नेपाल डेन्टल एसोसिएसन बाँकेका अध्यक्ष डा.प्रतिक श्रेष्ठले जानकारी दिनुभयो । कार्यशालाको संयुक्त रुपमा वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ डा.बिनोद थापा र एसोसिएसनका बाँके अध्यक्ष डा. श्रेष्ठले उद्घाटन गर्नुभयो ।


कार्यक्रमको उद्घाटन गर्दै डा.थापाले यसखाले कार्यक्रम निरन्तर रुपमा गरिराख्न आयोजकलाई सुझाव दिनुभयो । चिकित्सकहरूबीच अनुभव आदानप्रदान, विचार विमर्श तथा अन्तर्क्रियाद्वारा दन्त चिकित्सा सम्बन्धी ज्ञान, सिप र धारणा प्रत्यक्ष सहभागीता मूलक कार्यक्रमका माध्यबाट आदानप्रदान गर्नका लागि सम्मेलनले महत्वपूर्ण भुमिका खल्ने आयोजकले विश्वास लिएको छ ।
दन्त चिकित्सामा प्रयोग हुने नविन प्रविधि यन्त्र, उपकरण लगायतका कुरामा सम्मेलनमा चर्चा हुने एसोसिएसनका बाँके अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रममा दन्त चिकित्सासम्बन्धी अत्याधुनिक उपकरण एवं औषधिजन्य पदार्थको प्रदर्शनी राखिएको छ।


आयोजकका अनुसार कार्यशालामा बाँके ,बर्दिया, कैलाली, कञ्चनपुर सुर्खेत लगायतका ठाउँमा कार्यरत ६० बढी दन्त चिकित्सकहरुको सहभागिता छ । कार्यक्रममा डा.सुमन गौतम, डा.श्याम कुमार महर्जन र डा.मिलन अधिकारीले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । कार्यशाला शनिवारसम्म चल्नेछ ।

भर्खरै

सम्बन्धित खबर

Language »