काठमाडौं । रूसमा श्रम स्वीकृति खोलिएको भनी संसदमा प्रश्न उठेको छ । आइतबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै नेपाली कांग्रेसकी सांसद रमा कोइराला पौड्यालले युद्धग्रस्त क्षेत्र र देशमा श्रमिक पठाउने काम बन्द गर्न माग गरिन् ।
रूस र युक्रेनको युद्धका कारणबाट हाम्रा युवाहरु मृत्युवरण गरिरहेको कुरा छिपको छैन । ती सेनामा रहेका युवाहरु फर्काइदेउ भनेर रोदन गरिरहेका छन् ।
“यही बेला श्रम मन्त्रालयबाट रोजगारीका लागि जान छुट दिएको कुरा आएको छ’ उनले प्रश्न गरिन्, ‘सरकारले के गर्न खोजेको हो ?”
युद्धग्रस्त क्षेत्र र देशमा श्रमिक पठाउने काम बन्द गर्न उले सरकारको ध्यानाकर्षण गराइन्, ‘यस्तो कार्य बन्द गर्नुपर्छ । युद्धग्रस्त क्षेत्र र देशमा श्रमिक पठाउने काम बन्द गर्नुपर्छ । मरे मर तर जाउ भन्न पाइँदैन।’