सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काठमाडौं फोटोग्राफर संघको भित्तेपात्रो बिमोचन

काठमाडौंं । काठमाडौं फोटोग्राफर संघको नयाँ बर्ष २०८१ सालको उपलक्ष्यमा शुभकामना आदानप्रदान , चियापान तथा भित्तेपात्रो बिमोचन कार्यक्रम सम्पन्न भएको छ ।
काठमाडौं स्थित नयाँ बानेश्वरको अर्पण बैंक्वैटमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रुपमा निर्माता , निर्देशक , अभिनेता तथा हास्यकलाकार जितु नेपाल उपस्थित थिए ।
संघका सचिव रेशम राज पण्डितले सन्चालन गरेको कार्यक्रम काठमाडौं फोटोग्राफर संघका अध्यक्ष हरि प्रसाद घिमिरेको सभापतित्वमा भएको थियो ।
संघका उपाध्यक्ष आदन्द प्रभाकर घिमिरेले कार्यक्रममा उपस्थित सम्पुर्ण फोटोग्राफर तथा दर्शकलाई स्वागत गरेका थिए भने काठमाडौं तथा काठमाडौं बाहिर रहेका फोटोग्राफर संघको पनि उल्लेखनीय रुपमा सहभागिता रहेको थियो ।
काठमाडौं फोटोग्राफर संघ विगत लामो समयदेखि फोटोग्राफी सम्बन्धि पेशाले चिनिदै आएको छ ।
नजिकिदै गरेको नयाँ बर्ष मार्फत सबैको सफलता भएको सुन्न आफू सदा आत्तुर रहेको र आज सम्पन्न भएको कार्यक्रम मार्फत अझै फोटोग्राफर बिचको आपसी सम्बन्धलाई थप मजबुत भएको तथा आगामी दिनमा पनि उत्कृष्ट कार्य गर्दै आफ्नो संघको निम्ति योगदान पुर्याउन र संघले गरेका हरेक गतिविधिहरुमा संस्थाका फोटोग्राफर सदस्यहरुलाई सहयोग गर्न समेत अध्यक्ष हरि प्रसाद घिमिरेले अनुरोध गरेका थिए ।
कार्यक्रममा शुभकामना मनतव्य राख्दै संघका सल्लाहकार तथा वरिष्ठ सिनेमेटोग्राफर मन्जु कुमार श्रेष्ठले संघले गर्ने हरेक गतिविधिहरुमा निरन्तर साथ ,सहयोग र सद्भाव व्यक्त गरिरहेको र आगामी दिनमा पनि सहयोग गरिरहने बाचा गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित भएका जितु नेपालले संघको नयाँ भित्तेपात्रो सार्वजनिक गरेका थिए ।
उनले संघको गतिविधिलाई बिगत लामो समयदेखि नियाल्दै आएको र आफु संघको काम देखेर खुशी रहेको बताए । साथै जितुले फोटोग्राफी पेशा निकै जटिल पेशा रहेतापनी आफ्नो पेशामा निरन्तर अडिग भएर लागिरहेका सम्पुर्ण फोटोग्राफरलाई आफुले सधैं सम्मान गरिरहेको बताए ।
काठमाडौं फोटोग्राफर संघको कार्यक्रममा आफू उपस्थित हुन पाउदा गौरवान्वित रहेको र संघको आगामी यात्रामा पनि सारथि बनेर लागिरहने बिश्वास दिलाए ।

भर्खरै

सम्बन्धित खबर

Language »