सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सशस्त्र प्रहरीबल नेपाल नंम्बर. ३० गण हेड क्वाटर वागेश्वरीको १७ औं स्थापना दिवश


नेपालगञ्ज , सशस्त्र प्रहरी बल नेपाल नंम्बर. ३० गण हेड क्वाटर वागेश्वरी बाँकेले आफ्नो १७ औं स्थापना दिवश बुधबार विभिन्न कार्यक्रमको आयोजना गरि मनाएको छ ।
नेपालगञ्ज–१४ महेन्द्रनगरमा रहेको सो गणको हेडक्वाटर सीमा सुरक्षा कार्यालयबाट स्तरोन्नती हुँदै गणमा परिणत भएको हो । सो गण अन्तरगत दुईवट गुल्म, ९ वटा विओपि र विभिन्न कार्यालय भन्सार, कारागार, आयलनिगम लगायतमा रहका सुरक्षा वेश ५ वटा रहेका छन् ।


१७ औ स्थापना दिवशको सशस्त्र प्रहरी बल नेपाल नं. ५ बिन्धावासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरिक्षक अभिकुमार खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कर्तव्य पालनको दौरान शाहदत प्राप्त गर्ने सशस्त्र प्रहरीका परिवारलाई सम्मान गर्नुको साथै स्थापना दिवसको अवसरमा आयोजित खेलकुद प्रतियोगिताका विजयीलाई पुरस्कार प्रमाणपत्र वितरण गरिएको थियो ।
कार्यक्रममा नेपालगञ्ज उपमहानगरका मेयर प्रशान्त विष्ट, कोहलपुरका मेयर पूर्ण आचार्य, खजुरा गाउपालिकाका अध्यक्ष डम्बर बिक तुफान, बाँकेका प्रमुख जिल्ला अधिकारी लगायतको उपस्थिति रहेको गणका गणपति सशस्त्र प्रहरी उपरिक्षक विमल डाँगीले जानकारी दिए ।

भर्खरै

सम्बन्धित खबर

Language »