सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

रात्रिकालीन  ब्यवसाय, मनोरन्जन की लुट धन्दा ??

काठमाडौं । मानिस आफुलाई खुसी राख्न मनोरन्जन चाहन्छ । मनोरन्जन लिनका लागि बिभिन्न सेवा र बस्तुहरुको प्रयोग गरिरहेका हुन्छन् । बिस्तारै बढ्दै गएको शहरीकरणले मनोरन्जनको श्रोत र साधनहरु समेत फरक किसिमबाट बिकास भएका छन् ।
अहिले देशका मुख्य शहरहरुको मनोरन्जनको साधन सुबिधा युक्त रेष्टुरेण्ट,बार,डिस्को,क्लब र दोहोरी साँझहरु बनिरहेका छन् ।
सामान्य क्याफे र रेष्टुरेण्ट बाहेकका डान्सबार,क्लब,डिस्को र दोहोरीसाँझहरु रात्रिकालीन  ब्यवसायको रुपमा हेरिन्छन् ।
दिनभरी परिश्रम गरेर शरीरलाई आराम र मनोरन्जन प्रदानगर्ने उदेश्य लिएर यस्ता रात्रिकालीन  मनोरन्जन लिने ठाउँमा पुगेका अधिकांश सेवाग्राहीहरु ठगिने गरेको पाईएको छ ।
रात्रिकालीन  ब्यवसायमा यौनब्यापार हुने देखि उपभोक्ता अधिकार तथा मानव अधिकार समेत उलङ्न हुनेगरेको पाईएको छ ।
सरकारले पर्यटकीय बजारहरुलाई चौबिसै घण्टा खुल्ला गर्ने निति बनाए संगै हौसिएका ब्यवसायीहरु केहि उश्रृंखल ब्यवसायीहरुका कारण निराश बन्नु पर्ने अवस्था नआउला भन्न सकिने अवस्था छैन ।
रात्रिकालीन  ब्यवसायमा सेवा लिएबापत अतिरिक्त मुल्य लिन पाईने कुनै कानुनी प्रावधान नभए पनि अहिले पाँच गुणा सम्म मुल्य लिईरहेका रात्रीकालिन ब्यवसायहरुले अब के गर्लान भन्ने प्रश्न आउन थालेका छन् ।
आफ्नो ब्यवसायलाई शुरक्षित बनाउने बहानामा आवश्यकता भन्दाबढी बाउन्सर र शुरक्षा गार्डहरु राखेर रात्रिकालीन  ब्यवसायीहरुले डर धम्किको ब्यपार गरेको पाईएको छ ।
सामान्य तय रेष्टुरेण्टको सेवा प्रदान गरेबापत तिस प्रतिशत सम्म नाफा राखिने भए पनि रात्रिकालीन  ब्यवसायमा तिनसय प्रतिशत भन्दा माथि को बिलनै काटेर दिने गरेको पाईएको छ ।
बजारमा करीब दशहजारमा पाईने डबल ब्ल्याक व्हिस्कीको अठारहजार मुल्य मेनुमै राखेर बेच्दा पनि सम्बन्धित सरोकारवालाहरु मौन बसिरहनुले ‘दालमा कुछ काला है ‘भन्न सकिने अवस्था रहेको छ ।
प्राय रात्रिकालीन  ब्यवसायहरुमा मुख्य मेनुमै अत्यधिक मुल्यसुचि राखेर ब्यवसाय चलाईरहँदा पनि उपभोक्त हितमा खुलेका संघ संस्थाहरु चुईक्क बोलिरहेका छैनन् ।
कला संस्कृतिको संरक्षण गर्ने भन्दै खोलिएका दोहोरी साँझहरुले समेत डिस्को र डान्स क्लब हरुको सिको गर्दै हिन्दि गीतमा स्टेज डान्स गराउन थाले पछि जतिनै पारिवारिक भनेर प्रचार गरे पनि रात्रिकालिन ब्यवसायहरु छाडा बन्दै गईरहेको देखिएका छन् ।
नेपाल सरकार उद्योग, बाणिज्य तथा आपुर्ति मन्त्रालय अन्तरगत रहेको बाणिज्य,आपुर्ति तथा उपभोक्ता संरक्षण बिभागले अनुगमन समितिनै बनाएर बजार अनुगमन गर्ने भने पनि हरेक ठाउँमा उपभोक्ताहरु जहिल्यै मारमा परिरहेको पाईएको छ ।
स्थानिय प्रशासन तथा स्थानिय सरकारको समेत चासोको बिषय बन्नुपर्ने यो संवेदनशिल बिषयमा प्रहरी समेत चुईक्क बोल्दैनन् ।
पछिल्लो समय त क्लबहरुमा जाने ग्राहकहरुमा अधिकांश १८ बष मुनिका किशोर किशोरीहरु देखिएका छन् । क्लब जानेहरुमा अधिकांशका बुबाआमा बिदेशमा रहेको समेत बुझिएको छ ।
धेरै रात्रिकालिन ब्यवसायका कामदार र ग्राहकहरु घरमा झुक्याएर र आफन्तहरु संग छलेर त्यहाँ पुग्ने भएकोले त्यहाँहुने हिंसाको बारेमा बोल्न सक्दैनन् त्यहि मौकाको फाईदा उठाउँदै ब्यवसायीहरुले आफ्ना स्टाफ र ग्राहकहरुलाई समेत आफ्नो प्रभावमा पारेर ब्यवपार गर्न सफल भईरहेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »