सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अवैध लागू औषध सहित पक्राउ

काठमाडौं । पथरिशनिश्चरे नगरपालिका-९ मंगलबारे डाँडाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय मिलिग्राम, नगद ७० हजार रूपैयाँ, मोबाइल २ थान सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-८ बस्ने ३२ वर्षीय भिमराज राइ र २७ वर्षीय पुष्प मगर रहेका छन् । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ र नगदसहित पक्राउ गरेको हो । 

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेस्थित सडकबाट करिब १२ किलो ९ सय ग्राम गाँजासहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बकैया गाउँपालिका-४ बस्ने ३२ वर्षीया चमेली माया घलान र हेटौंडा उपमहानगरपालिका-१० मन्थली बस्ने २५ वर्षीया रोजिना घलान रहेका छन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले मे.१ ख ३३३७ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार चमेली मायाको साथबाट अवैध लागूऔषध गाँजा करिब ६ किलो ५ सय ग्राम र रोजिनाको साथबाट अवैध लागूऔषध गाँजा करिब ६ किलो ४ सय ग्रामसहित उनीहरूलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

भर्खरै

सम्बन्धित खबर

Language »