सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

स्वनिग बिशेष व्युरो तथा नेवाः राष्ट्रिय परिषदको पत्रकार सम्मेलन भन्दा अगाडी प्रहरीको धारणा सार्वजानिक

काठमाडौं । स्वदेशवाद, बहुल राष्ट्रिय राज्य तथा सामुदायिक समाजवादको लागि राष्ट्रिय मुक्ति क्रान्ति स्वनिग बिशेष व्युरो तथा नेवाः राष्ट्रिय परिषदले गरेको बृहत जन प्रदर्शनमा प्रहरी धरपकड भएको बिषयमा नेपाल प्रहरीले आफ्नो धारणा सार्वजानिक गरेको छ ।
आन्दोलनकारी माथि बल प्रयोग गर्ने क्रममा लामाको ड्रेसमै रहेका बौद्ध धर्मगुरुहरुमाथि लात्ति प्रहार गरेको दृष्य नेपाल खवरले सार्वजानिक गरे पछि सामाजिक संजालमा प्रहरीको चौतर्फी बिरोध भईरहेको छ
प्रहरीले आन्दोलनकारीमाथि अमानविय ब्यवहार गरेको आरोप लगाउँदै गृहमन्त्री रवि लामिछानेको राजिनामाको समेत माग आउन थाले पछि प्रहरीले मुख खोलेको छ ।
प्रहरी प्रधान कार्यलयले आफ्नो आधिकारीक फेसबुक पेज मार्फत यो घटानाको सम्बन्धमा आवश्यक छानविन गरि दोषि प्रहरीहरुलाई बिभागिय कार्वाहिको लागि सिफारीस भईसकेको जनाएको छ ।
यसैबिच राष्ट्रिय मुक्ति क्रान्ति स्वनिग बिशेष व्युरो तथा नेवाः राष्ट्रिय परिषदले भने यो घटनाको बिषयमा भोलि पत्रकार सम्मेलन गरेर बिस्तृत जानकारी दिने सुचना प्रवाह गरेको छ ।
प्रदर्शनको क्रममा करिब ३ दर्जन मानिसहरु घाइते भएको सो घटनामा ४ जना प्रदर्शनकारी तथा २ जना प्रहरी सख्त घाईते भएका थिए । प्रहरीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले विशाल चित्रकार, मनोज लामा , सनम लिम्बु, राम प्रवेस साह, सन्तोष मेहता, भुवन के।सी, महेस लामा, विजय लामा, रेशम थापा, उमेश मोक्तान, कुशल तामाङ लाई नियन्त्रणमा समेत लिएको युवा नेता मुकुन्द सिलवालले जानकारी गराउनु भएको छ ।
राष्ट्रिय मुक्ति क्रान्ति सम्बध स्वनिगः (उपत्यका) विशेष ब्यूरो र नेवाः राष्ट्रिय परिषदले बसन्तपुर देखि भद्रकालीसम्मको बृहत् जनप्रदर्शन कार्यक्रम कोणसभामा परिणत भै शान्तिपूर्ण रूपमा सकिने बेलामा केही भिजलान्तेहरुले ढुङ्गामुढा गरि परिस्थिति असहज बनाउदा त्यसक्रममा प्रहरीद्वारा अत्यधिक दमन गरि महिला समेत गरी कैयौं निर्मम तरिकाले कुटपिट गरिएको र त्यसक्रममा केशव झा, आर के तामाङ, कौसल सिंह, ओबिन लामा, संजय चौधरी, रमण पाण्डे, कुशल थिङ, श्रीधर मानन्धर, रिजन लामा, आकाश घोस्तिङ, कबिन लामा, विसाल योन्जन, मोतिलाल ठाकुर, सुमन लामा, सेमसंग लामा, पासाङ घिसिङ, साजन तामाङ, प्रेम बहादुर वाइबा, शेख तबरेज, कर्नाक मिया, शिख मन्जिर, सजिव तामाङ, प्रेम लामा, धन बहादुर लामा, चन्द्र नारायण थारु, परिचय पोडे लगायतका प्रदर्शनकारीहरुलाई प्रहरीले घाइते बनाएको घटना प्रति घोर भत्र्शना व्यक्त गरेको छ । साथै त्यसक्रममा प्रहरीहरू पनि घाइते भएको भन्दैे सिघ्र स्वास्थ लाभको कामना गरेको छ ।
यो आन्दोलन मार्फत वागमती प्रदेशको नाम परिवर्तन गरी नेपाः मण्डल राख्न दवाव सिर्जना गर्ने उदेश्य सहित जनप्रदर्शन गरिएको स्वनिग बिशेष व्युरो तथा नेवाः राष्ट्रिय परिषदले जनाएको छ ।
बहुल राष्ट्रिय राज्य स्थापनार्थ राष्ट्रिय मुक्ति क्रान्तिको लागि वागमती प्रदेशको नाम खारेजी तथा काठमाडौं उपत्यकालाई नेपाः मण्डल घोषणा गर्न यस्तो दबाबमूलक कार्यक्रम गरिएको स्वनिग बिशेष व्युरोले जानकारी गराएको छ ।
स्वनिग बिशेष व्युरो तथा नेवाः राष्ट्रिय परिषदको आयोजनामा बसन्तपुरबाट बृहत जनप्रदर्शन सहित र्यालिको आयोजना गरिएको हो ।
मधेसी, तामाङ, च्योबाङ, गुरूङ, राई, बाहुन, क्षेत्री, थारू, लिम्बू, शेर्पा, कुसुन्डा लगायत नेपालमा रहेका जातजातिहरुको सहभागिता रहेको जन प्रदर्शनमा विभिन्न जातिको भेषभुषा, झाँकी, लाखे, बाजासहित प्रदर्शनकारीहरु उपस्थित भएका थिए ।
सदियौं देखि उत्पिडनमा रहेका आदिबासी,जनजाती तथा मु्लबासी हरुमाथि पहुँच भएका सिमित व्यक्तिहरुले शासन गरिरहेको भन्दै आँट भए स्वदेशवाद, बहुल राष्ट्रिय राज्य तथा सामुदायिक समाजवादको लागि टेबुलमा बसेर बहस गर्न आफुहरु तयार रहेको राष्ट्रिय मुक्ति क्रान्तीका अगुवा नेताहरुले बताएका छन् ।
बसन्तपुरबाट खुलामञ्च जाने भनिएको र्याली भद्रकालीबाट निषेधित क्षेत्र रहेको सिंहदरबारतिर जान खोजेपछि प्रहरीले भद्रकालीमा रोकेको थियो । भद्रकाली मै कोणसभा गरिरहेका प्रदर्शनकारीहरु बिचबाट एकाएक प्रहरीमाथि ढुंगा प्रहार गरेपछि प्रहरीले प्रदर्शनकारीमाथि लाठीचार्ज गरेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »