सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भद्रकाली आन्दोलनमा भएको प्रहरी दमन बिरुद्ध राष्ट्रिय मुक्ति क्रान्तिको पत्रकार सम्मेलन

काठमाडौं । यहि चैत्र २४ गते बहुलराष्ट्रिय राज्य स्थापनार्थ राष्ट्रिय मुक्ति क्रान्ति अन्र्तगत स्वनिगः विशेष व्यूरो तथा नेवाः राष्ट्रिय परिषदले आयोजना गरेको नेपा मण्डल घोषणा गर्ने जनप्रदर्शनमा भएको प्रहरी वर्वरता लगायत थुनामा रहेका घाइतेहरुको उपचार पाउने हकको वेवास्ता गर्दै सरकारले मुद्दा चलाएको घटना प्रति घोर भत्र्सना गर्दै स्वनिगः विशेष व्यूरो तथा नेवाः राष्ट्रिय परिषदले पत्रकार सम्मेलन मार्फत आगामीे कार्यक्रमहरू सार्वजानिक गरेको छ ।
गत चैत्र २४ गते भद्रकालीमा भएको बहुल राष्ट्रहरुको भेषभुषामा रहेका झाँकि सहितको शान्तिपूर्ण जनप्रदर्शनमा र्याली पछि सम्पन्न हुँदै गरेको कोणसभामा निषेधित क्षेत्र भन्दै रोक्ने प्रहरी जवानहरु मार्फत अन्धाधुन्द तवरले लाठी चार्ज गर्ने, धरपकड गर्ने, बौद्ध भिक्षुमाथि निर्मम प्रहार गर्ने, भद्रकाली मन्दिरको ढोका फोरेर तथा प्रड्ङ्गनमा रहेका भक्तजनहरुलाई लाठी चार्ज गर्ने, वोन धर्मका धर्म गुरुहरुको ढ्याङ्ग्रो फुटाउने, रमजान व्रत बसेका इस्लाम धर्मावलम्बीहरु जो शान्तिपूर्ण जनप्रदर्शनमा सहभागि थिए उनीहरु माथि क्रूर दमन गर्ने तथा विभिन्न जातिय भेषभुषा लगाएका महिलाहरूलाई छानी छानी निर्मम रुपमा लाठी चार्ज गर्ने तथा पक्राउ गर्ने कार्यले कथित लोकतान्त्रिक गणतन्त्रको नाममा कायम रहेको गोर्खाली एकल राष्ट्रिय सत्ता उदाङ्गो बनेको पत्रकार सम्मेलन मार्फत स्वनिगः विशेष व्यूरो तथा नेवाः राष्ट्रिय परिषदले जनाएको
यस्तो एकल राष्ट्रिय सत्ता विरुद्ध बहुलराष्ट्रिय राज्य निर्माण गर्नको लागि लागेका बहुल राष्ट्रका जनताहरुको शान्तिपूर्ण आन्दोलनमा १२ जनालाई पक्राउ एक जनाल गम्भिर घाइते सहित ४४ जना घाइते भएको,अस्पतालमा उपचाररत घाइतेहरूलाई पक्राउ गर्ने काम भएको भन्दैे लोकतन्त्रमा जनताको शान्तीपूर्ण रुपमा सभा सम्मेलन गर्न पाउने अधिकारको उल्लंघन मात्र हैन, राज्यको वर्वरता हो भनिएको छ । यसले यो देशमा लोकतन्त्र हैन, बन्दुकको शासन रहेको आभास भएको आयोजकले बताए ।
बहुल राष्ट्रका जनताहरू नेपाललाई एकल राष्ट्रिय राज्यबाट बहुलराष्ट्रिय राज्य स्थापनार्थ संघर्षरत छौं भन्दै पक्राउ परेकाहरूलाई तुरुन्त रिहाइ तथा घाइते भएकाहरूको यथासिघ्र उपचार व्यवस्था गर्नु माग आयोजकले सरकार संग गरेको छ । साथै शान्तिपूर्ण मागहरूलाई वेवास्ता गर्ने काम भएमा थप ससक्त आन्दोलनको कार्यक्रमहरू जस्तै धर्ना, जलुस, विरोध सभा, मसाल जुलुस, चक्का जाम, घेराउ आदि भोली देखी नै देशव्यापी रुपमा संचालन गर्न वाध्य हुने प्रेस वक्तव्य मार्फत जानकारी गराईएको छ । त्यसले निम्त्याउने जुनकुनै परिस्थितीको जिम्मेवार राज्य स्वंय हुने आयोजकले बताएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »