सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सर्वोच्चले विवादित छायाँ सेन्टरको सबै पुराना फाईल मगायो

काठमाडौं । काठमाडौं उपत्यका भित्रका सार्वजानिक तथा विभिन्न गुठीका जग्गाहरु अतिक्रमण भएका थुप्रै घटनाहरु मध्य बहु चर्चित छायाँदेवी कम्प्लेसको वारेमा सर्वोच्च अदालतले पुनः चासो लिएको छ ।
परापुर्वकाल देखिनै कमल पोखरीको रुपमा रहेको त्यो जग्गा सत्तार शक्तिको आडमा बिभिन्न ब्यक्तिको नाममा दर्ता गर्ने कार्य भएको भन्दै उपत्यकाको नेवाः अभियन्ताहरुले लामो समयदेखि आवाज उठाउँदै आएका थिए ।
लामो समय देखि विवादमा रहेको सो जग्गाको बारेमा २०८० चैत्र २० गते न्यायधिशहरु प्रकाशमान सिंह राउत र डा.श्री कुमार चुडालको संयुक्त इजलाशले उत्पेशण जारि गर्दे सम्बन्धित सबै निकाय बाट सो जग्गा कुन प्रकृयाबाट निजि स्वामित्वमा गएको हो भन्ने प्रमाणहरु पेश गर्न आदेश भएको हो ।
त्यस कम्पाउण्डमा मात्रै करिब ६८ रोपनी ८ आना जग्गा रहेकोमा सबै जग्गा निजि प्रयोग भई रहेको भन्दै स्थानीय तथा नेवाः अभियन्ताको तर्फबाट अधिवक्ता दिपक बिक्रम मिश्रले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई विपक्षि बनाएर मुदा दायर गरिएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »