सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आन्दोलनको कुरा छोड्नुस्, प्रधानमन्त्रीको कुर्सी किन्न सहयोग आउँछ — आर.के.तामाङ

काठमाडौं । गत २०८० चैत्र २४ गते राष्ट्रिय मुक्तिक्रान्तिको नेवाः राष्ट्रिय परिषद र स्वनिगः ब्युरोले आयोजना गरेको काठमाडौं उपत्यकालाई नेपाःमण्डल बनाउन आह्वान गरिएको आन्दोलनको क्रममा भद्रकाली मन्दिर परिसरमा शान्तिपुर्ण आन्दोलनमा सहभागि भएका धर्म गूरु ,लामा र झाँक्रीहरुमाथि प्रहरीले अन्धाधुन्द लाठि प्रहार गरेको र झाँक्रीको ढ्याङ्ग्रो समेत फुटेको भन्दै त्यस बिषयमा जानकारी गराउन तथा सरकारलाई खवरदारी गर्न राष्ट्रिय सीमान्तिकरण बिरुद्ध अभियान (समान नेपाल )ले गरेको पत्रकार सम्मेलनमा नेता आ.के. तामाङले पत्रकारहरुको प्रश्नको जवाफ दिदै नेपाको प्रधान मन्त्रीको कुर्सी किन्न समेत सहयोग आउने गरेको बताएका हुन् ।
रिपोटर्स क्लब नेपाल भृकुटी मण्डपमा आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत समान नेपालले आन्दोलनको क्रममा भएका ज्यादतीको घोर भर्तसना गर्दै सरकारले आफहरुलाई माफि मागेर क्षेतिभएका सामाग्रीहरु स—सम्मान फिर्ता नगरे यो भन्दा ठुलो आन्दोलनको आँधिबेरी सृजना हुने बताएको छ ।
बौद्ध धर्मको सम्मानित लामा ड्रेस माथि अन्याय गरेको भन्दै लामा गुरुहरुले समेत सरकारको बिरोध गरेका थिए ।
यत्रो आन्दोलन गर्न आर्थिक कहाँबाट आउछ ,कि तपाईहरुपनि परिचालित त होईन भन्ने पत्रकारको प्रश्नमा नेता तामाङले नेपाल प्रहरीले लगाउने बर्दि,सशस्त्र र नेपाली सेनाका अधिकांश सामाग्रीहरु बिभिन्न देशहरुबाट सहयोग आउने बताउँदै, नेपालको प्रधानमन्त्रीको कुर्सीमा समेत सौजन्य लेखेको हुन सक्छ भन्दै आफ्नो संगठन चलाउन कतै न कतैबाट आर्थिक आई रहेको संकेत गरेका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »