सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगञ्जमा गुरुनानक दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउन सिख समुदायको माग


नेपालगञ्ज , सबै समुदायको आस्थालाई समान सम्मानका साथ आत्मसाथ गर्न सकेमात्र समाजमा सद्भाव कायम हुने नेपालगञ्जमा आयोजित एक कार्यक्रमका सहभागिले औल्याएका छन् ।
नयाँ वर्ष २०८१ साल तथा खालसा साजना दिवसको अर्थात शिख धर्मको ३२५ औ स्थापना दिवसको अवसरमा शुभकामना आदानप्रदान तथा अवरमा आयोजित कार्यक्रमका सहभागिले सो कुरा औल्याएका हुन ।


नयाँ वर्ष, खालसा साजना दिवस अर्थात शिख धर्मको ३२५ औ स्थापना दिवसको अवरमा आयोजित कार्यक्रममा गुरुद्वारा सञ्चालक समितिका अध्यक्ष राजेन्द्र सिंह सरदारले राज्यले शिख समुदायलाई हेपाहको दृष्टिले हेरेको गुनासो गरेका छन् ।
उनले राज्यले शिख धर्मका प्रवर्तक गुरुनानक दिवशका अवसरमा राष्ट्रिय दिवस घोषणा गर्दै शिख समुदायको पहिचान अल्पसंख्यक समुदायमा हुनुपर्ने माग गर्दै भने–‘ देशभर हामी मुस्किलले ७–८ हजारको संख्यामा छौ हामीलाई मधेशी समुदायमा राखेर हाम्रो अप्लसंख्यकको हक अधिकार राज्यले खोसेको छ ।’
बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले सबैको सम्मान गर्न सके मात्र समाजमा शान्ति र सद्भाव कायम हुने भन्दै बाँकेमा सद्भाव कायम गर्नको लागि शिख समुदायको योगदानको चर्चा गरे ।
नेपालगञ्ज उपमहानगरका प्रमुख प्रशान्त विष्टले नेपालगञ्ज उपमहानगरले शिख समुदायको सम्मान गर्दैसमुदायले राखेका मागको सम्बोधन गर्ने तर्फ सकारात्मक रहेको औल्याए ।

लुम्बिनी प्रदेश सरकारका विना विभागिय मन्त्री भण्डारीलाल अहिरले मानवले मानवताका लागि कुनै समुदाय जात जातिप्रति भेदभाव नगरी एकले अर्कालाई सम्मान गरेर अघि बढ्नुको विकल्प नभएको उल्लेख गर्दै शिख समुदायको माग प्रति आफ्नो ध्यानाकर्षण भएको बताउदै आफुले शिख समुदायको माग सम्बोधनका लागि पहल गर्ने बताए ।
नेपालभर करिब ८ हजारको हाराहरीमा बसेबास रहेको शिख समुदायको सबै भन्दा बढी बाँके जिल्लामा छन । उनीहरुको नेपालमा यातायात सञ्चालनमा अतुलनिय योगदान रहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »