सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अबैध रुपमा भारततर्फ लैजादै गरेको चुरोट प्रहरीले बरामद


नेपालगन्ज , अबैध रुपमा भारततर्फ लैजादै गरेको चुरोट प्रहरीले बरामद गरेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १५ जमुनाहाबाट १ हजार २ सय ८० प्याकेट खुकुरी चुरोट बरामद गरिएको हो । उक्त चुरोटको अन्दाजी मुल्य १ लाख ५८ हजार ७ सय २० रुपैयाँ रहेको छ ।

नेपालबाट भारततर्फ लैजादै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरी टोलीले फेला पारी ढुवानीमा संलग्न ३ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । बरामद गरिएको चुरोट र नियन्त्रणमा लिइएका ब्यक्तिलाई आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »