सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाँकेको जानकी गाउँपालिका २ नेवाजीगाउँमा आगलागी हुँदा १५ विघाको गहुँबाली जलेर नष्ट


नेपालगन्ज, बाँकेको जानकी गाउँपालिका २ नेवाजीगाउँमा आगलागीबाट १५ विघाको गहुँबाली जलेर नष्ट भएको छ । एक्कासी खेतमा आगलागी हुँदा ११ जना किसानको १५ विघामा लगाईएको गहुँबाली नष्ट भएको प्रहरी चौकी बेलभार बाँकेले जनाएको छ ।
आगलागीबाट अन्दाजी दुई लाख रुपियाँ बराबरको गहुँ बाली नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार नेपालगन्ज १० गोसाई गाउँमा एक खेतबारी सफा गर्ने क्रममा आगो लागेपछि सोही आगो जानकी गाउँपालिका वडा नम्बर २ नेवाजीगाउँका ११ जना किसानको गहुँबालीमा सल्किएको प्रहरीले जनाएको छ ।


आगलागी भएको सूचना पाए लगत्तै प्रहरी चौकी बेलभारबाट प्रहरी सहायक निरीक्षक रेशम बहादुर खड्काको कमाण्डमा ५ जनाको टोली र साईगाउँ प्रहरी चौकी इन्चार्ज वरिष्ठ सई अमर रावत सहितको टोली आगलागी स्थलमा खटिएको थियो । प्रहरी, दमकल र स्थानीयहरुको सर–सहयोगमा करिब एक घण्टापछि आगो पूर्णरुपमा नियन्त्रणमा आएको स्थानीयले जनाएका छन् । आगलागीबाट मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।
किसानले अधियामा लगाएको १५ बिघा गहुँ बाली सखाप भएको जानकी वडा नम्बर २ का वडा अध्यक्ष चंद्रिका प्रसाद गुप्ताले बताउनुभयो । उहाँले आगलागीमा परेका अधिकांश खेतलाई गरिब किसानले अधियामा गहुँ लगाएको जनाउँदै अब उनीहरुले आफू के खाने र खेत मालिकलाई के दिने भन्ने चिन्ताले सताईरहेको बताउनुभयो ।
गर्मी सुरु भएर हवाहुरीको मौसम सुरु भएलगत्तै बाँकेका धेरै ठाउँमा आगलागीका घटनाहरु भएका छन् । गोरखापत्र अनलाइन

भर्खरै

सम्बन्धित खबर

Language »