सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

युनेस्कोद्धारा बर्दियाका शिक्षकलाई लैगिंक रुपान्तरण शिक्षा सम्बन्धि तालिम


नेपालगन्ज, बाँके युनेस्को क्लव तथा राधाकृष्ण थारु जनसेवा केन्द्रको सयुंक्त आयोजनामा बर्दियाका विभिन्न स्थानीय तहका शिक्षकहरुलाई तीन दिने लैगिंक रुपान्तरण शिक्षा सम्बन्धि क्षमता अभिबृद्धि तालिम प्रदान गरिएको छ ।
प्लान ईन्टरनेशनल नेपालको सहयोगमा बर्दियामा सञ्चालन गरिएको शसक्त बालिका परियोजना अन्र्तगत स्थानीय तहका २७ जना प्रधानाध्यापक र लैगिंक समानता तथा सामाजिक समावेशीकरण सम्पर्क शिक्षकलाई सो तालिम प्रदान गरिएको हो ।
सो तालिममा बर्दियाको गुलरिया, राजापुर, बारबर्दिया, ठाकुरबाबा र बढैयातालका जानकी माबि, त्रिशक्ती माबि, गौरीशंकर माबि, नेरामाबि गौब्रेपुर, पडरिया, राजापुर, जगदम्बिका माबि, सरस्वती माबि र शारदा माबि गरी १२ वटा बिद्यालयका प्रधानाध्यापक तथा लैगिंक समानता तथा सामाजिक समावेशीकरण सम्पर्क शिक्षकको सहभागिता रहेको थियो ।


सो तालिमको मुख्य उदेश्य शिक्षकहरुलाई अध्यापनमा सहजता ल्याउनका लागि बिद्यार्थीहरुको मानसपटलमा सकारात्मक लैगिंक अभ्यासहरुको सिकाई, समाजमा रहेका नकारात्मक लैगिंक अवधारणा सम्बन्धि सोचहरुमा परिवर्तन, बिद्यार्थीहरुको व्यवहारमा परिवर्तन ल्याउन, नैतिक शिक्षामा जोड, बिद्यार्थीहरुको सृजनासिलता सीप विकास, नव परिवर्तन र वैज्ञानिक र व्यवहारिक शिक्षण सिकाई उपलब्धि गर्नमा सहयोग पुग्नुका साथै बिद्यालयको समग्र विकास र व्यवस्थापनमा सहयोग पुरयाउने रहेको बाँके युनेस्को क्लबका परियोजना संयोजक गोविन्द लामिछानेले बताउनुभयो ।
उक्त तालिमको सहजिकरण प्लान ईन्टरनेशनल नेपालका शिक्षा सल्लाहकार बेद प्रसाद डाँगीले गर्नु भएको थियो भने तालिम समापनमा बाँके युनेस्को क्लवका परियोजना संयोजक गोबिन्द प्रसाद लामिछाने, कार्यक्रम अधिकृत ईश्वर बिक र राधाकृष्ण थारु जनसेवा केन्द्रका परियोजना संयोजक मनोज पौडेल, कार्यक्रम अधिकृत सिमा वली, सञ्जय चौधरी, अनुगमन तथा मुल्याकंन अधिकृत जनक थापा, फिल्ड सुपरभाईजर रीता अर्याल र नग्मा मनिहारको समेत उपस्थिती रहेको थियो ।
तालिमको समापन कार्यक्रममा तालिमका सहभागि साबित्रा आर्चायले तालिम अतिनै उपलब्धिमुलक, समय सान्दर्भिक, लैगिंक अवधाराणामा परिवर्तन तथा व्यवहारिक शिक्षण सिकाई उपलब्धीमा सहयोग पुग्ने र यो तालिम सबै बिद्यालयका सबै शिक्षकहरुलाई उपलब्ध गराउनु पर्नेमा जोड दिनुभयो ।
उहाँले शसक्त बालिका परियोजनाले बिद्यालयको शैक्षिक गुणस्तर परिवर्तन गरी बालबालिकाहरुको नेतृव्व विकास र अध्ययन रुचीमा सहयोग पुगिरहेकोले यसको निरन्तरता र थप सहयोगको अपेक्षा गर्नु भएको थियो ।
तालिम समापन कार्यक्रमको अध्यक्षता गर्नु भएका ठाकुरबाबा नगरपालिकाका सामाजिक विकास संयोजक एवं वडा नम्बर ८ का वडाअध्यक्ष टेक बहादुर बडुवालले बिद्यालयमा बिधार्थीहरुलाई नैतिक शिक्षा र जिम्मेवारी बोध गर्ने खालको शिक्षामा जोड दिनु पर्ने बताउनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »