सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

हाम्रो सेलो घरको समुद्घाटन समारोह सम्पन्न, मनोरञ्जन संगै मौलिकतालाई जोड

काठमाडौं । नमोबुद्ध न्युजद्धारा सञ्चालित सांगीतिक कार्यक्रम हाम्रो सेलो घरको विधिवत रुपमा समुद्घाटन समारोह सम्पन्न भएको छ । शुक्रबार जोरपाटी स्थित हाम्रो सेलो घरको सभाहलमा सम्पन्न उक्त कार्यक्रम तामाङ गीतको पहिलो गायक तथा सेलो सम्राट चन्द्र कुमार मोक्तानद्धारा उद्घाटन गरिएको हो ।

नेपालीको शान, सेलो हाम्रो पहिचान, विविधतामा एकता, सेलो घरको विशेषता भन्ने मूल नाराका साथ सञ्चालनमा ल्याएको हाम्रो सेलो घरको उद्घाटन समारोहमा विशेष अतिथिको रुपमा नेपाल राष्ट्रिय तामाङ घेदुङका महासचिव प्रविण कुमार बल रहेका थिए भने अतिथिहरुमा तामाङ डजाङका अध्यक्ष फुलकुमार बम्जन, म्हेन्दोला फोले फाउण्डेसनका अध्यक्ष सुनिल लामा, प्रशिक्षक विकाश देव योञ्जन, तामाङ चलचित्र निर्देशक संघका अध्यक्ष के.बी. घिसिङ, उपाध्यक्ष एवम् तामाङ चलचित्रका महानायक अमिर दोङ, तामाङ चलचित्र संघका सचिव उत्तर लामा, नेपाल तामाङ मौलिक ह्वाईला न्हानका अध्यक्ष पोङ्दिला च्याङ्बा लगायत अन्य थुप्रै कलाकार तथा पत्रकारहरुको बाक्लो उपस्थिति रहेका थिए ।

अब प्रत्येक हप्ता डम्फु र टुङ्नाको धुन संगै विभिन्न खालका मौलिक भाकाहरुको साथमा सेलो, म्हेन्दो माया, खान्दोके भाका लगायतका गीतहरु प्रत्यक्ष रुपमा घन्किनेछ । संस्कार, संस्कृति र मौलिकता जोगाउन हाम्रो सेलोघरको स्थापना गरेर सन्चालनमा ल्याईएको छ । सुक्रबार एक कार्यक्रम बिच सेलोघरको समुद्घाटन गर्दै हराउँदै गएको संस्कार,संस्कृति र मौलिकतालाई जोगाउन हाम्रो सेलोघर मार्फत बिभिन्न कार्यक्रमहरु ल्याईने जानकारी गराईएको छ ।

तामाङ गीत संगीत क्षेत्रका पहिलो गायक तथा सेलो सम्राट चन्द्र कुमार मोक्तानको प्रमुख आतिथ्यतामा हाम्रो सेलो घरको समुद्घाटन तथा हाम्रो सेलोघरको पहिलो प्रस्तुतिको रुपमा ल्याईएको घर परिवार छोडी परदेशिनुको पिडा विषयकमा प्रत्यक्ष रुपमा तयार पारिएको पहिलो भाग सार्वजानिक भएको छ । नेपाल तामाङ मौलिक ह्वाईला न्हानका अध्यक्ष पोङ्दीला च्याङ्बा ( संजिव तामाङ ) र प्रमिला मोक्तानको आवाजमा रहेको यो दोहोरीमा घरको कमजोर आर्थिक अवस्थालाई थेग्न नसकेर घर परिवार छोडेर बिदेश जान लागेको दाजु र बहिनी बिचमा घर परिवार भित्रको कथा व्यथालाई गीतको माध्यमबाट सचेतना ल्याउन खोजिएको छ ।

कार्यक्रममा बोल्ने सबै जसो वक्ताहरुले संस्कार,संस्कृतिर मौलिकता जोगाउने अभियानमा हाम्रो सेलो घर एक कोशेढुंगा सावित हुने बताउँदै यसको लागि सबैले आ—आफ्नो ठाउँबाट सकेको सहयोग गर्नुपर्ने बताउनु भएको थियो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै सेलो सम्राट चन्द्र कुमार मोक्तानले मिडिया र गीत संगीतको क्षेत्रमा टिक्न साह्रै असहज रहेको बताउँदै ठट्ठाकै शैलिमा कुनै कुनै कार्यक्रममा सम्मान थाप्न बोलाउँदा सम्मानपत्रको सट्टामा खाममा नगद दिए पनि हुने जस्तो लाग्ने समय पनि आउने बताउनु भयो ।

जिवन चलाउन आर्थिक नै प्रधान भएको भन्दै उहाँले कलाकार र मिडियाकर्मीहरुलाई बचाउने भनेकै दर्शक श्रोताले भएकोले कार्यक्रम आयोजक पक्षले यो क्षेत्रमा ध्यान दिन समेत आग्रह गर्नु भयो ।

स्वागत तथा कार्यक्रमबारे जानकारी दिदैं कार्यक्रमका सभापति छेडुप तामाङले दिन भर समाचार संकलन गरेर एक कप चिया पनि नखाईकन समचार लेख्न र भिडियो बनाउनुपर्ने मिडियाकर्मीको पिडा र घाँटी सुक्नेगरि गीत गाएर एउटा सम्मानपत्र या मायाको चिनो लिएर ऋणको पैसामा गाडी भाडा तिर्नुपर्ने कलाकारको पिडा आफुले नजिकैबाट देखेको र भोगेको हुनाले बिस्तारै हाम्रो सेलो घरले यसलाई सम्बोधन गर्ने प्रयत्न हुनेछ भन्नु भयो ।

मोटिभेसनल स्पिकर बिकास देव योन्जनले मानिसको टाउकोमा हुने १५ सय ग्रामको दिमागलाई सदुपयोग गर्न सक्नु नै मानविय गुण रहेको बताउनु भयो । अरबौ सम्पति कमाउनेले पनि छोडेर जाने भनेको एउटा कृति हो भन्दै तामाङ समुदायको इतिहासमा यसरी संस्कृति संरक्षणमा लाग्ने प्रयत्न र साहस गर्ने हाम्रो सेले घर नै पहिलो भएकोले यसले इतिहास रच्न सक्ने तर्फ संकेत गर्नु भयो।

कार्यक्रम समापन संगै सेलो घरका संचालक छेडुप तामाङले भने- यो खालको कार्यक्रम तयार गर्ने योजना ३/४ बर्ष पहिले नै बनाएर चरण बद्ध रुपमा सल्लाह सुझावहरु लिने क्रम रहेको थियो । अन्तःत नेपाल तामाङ मौलिक ह्वाईला न्हानको सिङ्गो टिम संगै गायीका प्रमिला मोक्तान र सारा थिङले कार्यक्रम संचालनको लागि साथ दिनुको साथै समन्वयकारी भूमिका खेलेर नै कार्यक्रमले मुर्त रुप लिएकोमा सबैलाई धन्यवाद व्यक्त गरे ।

टेक्निकल पार्टमा निक्कै मिहनत गर्ने र कार्यक्रमलाई अझ रोचक बनाउन र कार्यक्रम व्यबस्थापन पक्षमा साथ दिने, छायांकन लगायत विभिन्न भुमिकामा साथ दिने टिमका सदस्यहरुलाई समेत आभार प्रकट गरेका थिए । नमोबुद्ध न्युज तथा सेलो घरका संचालक छेडुप तामाङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम सारा खबरका सह सम्पादक डिबी पराजुलीले रचनात्मक ढंगले संचालन गरेका थिए । अन्तमा विभिन्नमौलिक गीत गाएर नाचगान गर्दै कार्यक्रम समापन गरिएको थियो ।

भिडियो हेर्न तलको लिंकमा जानुहोला

भर्खरै

सम्बन्धित खबर

Language »