सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काभ्रेको बुद्धचित्त माला काण्डः चोरलाई चौतारो, साधुलाई सुली !

काठमाडौं । काभ्रेमा केही दिनअघि बुद्धचित्त मालाको रुख काटिएको घटनामा यही भएको छ । जो पिडित छ, उसलाई प्रहरीले पक्राउ गरेको छ ।

जसले बदमासी गरेको छ, उनीहरू निस्फिक्री चुरिफुरी गर्दै हिँडिरहेको छ । मालाको रुख काटेको आरोपमा अहिले प्रहरी हिरासतमा रहेको मानबहादुर तामाङ ‘सिजन’ गत बर्ष मालामा ठगिएको व्यापारी हुन् ।

मालाको रुख काटेको आरोप लगाएर प्रहरीमा उजुरी दिने समीप त्रिपाठीहरू गत बर्ष सिजनको माला गायब पार्ने व्यक्तिहरू हुन् । गत बर्ष मानबहादुर तामाङले खरिद गरिसकेको २ करोड १३ लाख रुपैयाँको माला समीप त्रिपाठीले गायब पारेको थियो ।

त्यसबेला समीपलाई सहयोग गर्नेमा मालाको रुख मालिक शेरबहादुर तामाङ पनि थिए । आफूले खरिद गरिसकेको माला गायब पारेको भन्दै सिजनले प्रहरीमा उजुरी दिए पछि शेरबहादुर तामाङ पक्राउ परे भने समीप त्रिपाठी फरार भए ।

पछि जिल्ला अदालत भक्तपुरले तामाङ र त्रिपाठीलाई जनही ७५ लाख रुपैयाँ धरौटी राख्ने आदेश दिएको थियो । आदेश पछि तामाङ र त्रिपाठीले फैसला बमोजिमको धरौटी रकम तिरेका थिए । त्यसबेला उनीहरू दुवैको चलअचल सबै सम्पति रोक्का भएको थियो ।

शेरबहादुर तामाङ अहिले काटिएको मालाको रुख मालिक ठकुरानी तामाङकी छोरा हुन् । त्यही काटिएको मालाको रुखमा फलेको माला गत बर्ष सिजनले खरिद गरेको थियो । त्यही माला तामाङ र त्रिपाठीले गायब पारेका थिए ।

यसपाली भने उक्त माला समीप त्रिपाठीले खरिद गर्ने सम्झौता भएको थियो । त्यसैले आफूहरूलाई बदला लिन सिजनले मालाको रुख काटेको समीप र शेरबहादुरको आरोप छ ।

तर सिजनले भने मालाको रुख आफूले नकाटेको इन्कारी बयान दिँदै आएको छ । रुख काटेको प्रमाणित भए कानून अनुसार सजाय भोग्न आफू तयार रहेको सिजनले बताउँदै आएको छ । “अदालतले जनही ७५ लाख रुपैयाँ धरौटी राख्न दिएको आदेशले समीप र शेरबहादुर पिडक र सिजन पिडित हो भन्ने पुष्टी गरिसक्यो । रुख काटेर पैसा फिर्ता आउँछ भन्ने भ्रम सिजनसँग छैन,” सिजनका एक साझेदारले भने, “बरु पोहोर जनही ७५ लाख धरौटी तिर्नु परेको बदलामा समीप र शेरबहादुरले आफ्नो रुख आफैँले काटेर सिजनलाई फसाउन खोजेको देखिन्छ । तर प्रहरी अनुसन्धान र आदलतको फैसलाबाट न्याय पाइन्छ भन्नेमा विश्वस्त छौँ ।”

भर्खरै

सम्बन्धित खबर

Language »