सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

उत्कृष्ट सामाजिक व्यक्तित्व सम्मान २०८१बाट ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका अध्यक्ष ठुलोबाबु श्रेष्ठ सम्मानित

काठमाडौ । ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका अध्यक्ष ठुलोबाबु श्रेष्ठ उत्कृष्ट सामाजिक व्यक्तित्व सम्मान २०८१ सम्मानित सम्मानित हुनुभएको छ ।
शनिबार फोकस नेपालले सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर), जमलमा नयाँ बर्ष २०८१ को शुभ अवसरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नागरिक जनजीवनका लब्ध प्रतिष्ठित र विशिष्ट महानुभावहरूको उपस्थितिमा आयोजना गरेको “समुन्नत नेपाल निर्माणमा सामाजिक संघ संस्थाहरुको भूमिका” विषयक विचार गोष्ठी तथा सांस्कृतिक कार्यक्रमा प्रमुख अतिथि राष्ट्रिय सभाका अध्यक्ष सम्मानीय नारायण प्रसाद दाहालले भव्य समारोहका बीच महासंघ नेपालका अध्यक्ष ठुलोबाबु श्रेष्ठ लाई सम्मान गर्नु भएको हो ।
खरो र हक्की स्वभावका ठुलोबाबु श्रेष्ठ संघर्षको एक पर्याय पनि हुनुहुन्छ । स्पष्ट वत्ताको छवि निर्माण गर्नुभएको उहाँले ग्रील तथा स्टील उद्यमी व्यवसायी माझ उस्तै लोकप्रियता हासिल गर्नुभएको छ ।
आफु सम्बद्ध व्यवसायी नेतृत्वको हैसियतले होस वा व्यक्तिगत हिसाबमा उद्यमीका व्यक्तिगत समस्यालाई उजागर गर्ने सवाल पेशागत, क्षेत्रगत र व्यक्तिगत दबिएका आवाजलाई बुलन्द पार्ने कार्यमा उहाँ निकै सकृय रहने गरेको पाउन सकिन्छ ।
राज्यलाई झक्झकाउने सवाल होस् वा आम ग्रील तथा स्टील ब्यवसायीहरु लाई झक्झकाउने कार्य, यसका निम्ती उहाँ सदैव अग्रपंतिमा रहदै आउनु भएको पनि छ ।
फोकस नेपालको अध्यक्ष रामचन्द्र पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाजमा विशिष्ठ योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »