सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपाल बौद्ध शान्ति समाजको राष्ट्रिय सम्मेलनद्धारा अध्यक्षमा पुनः पाल्साङ बज्र वाइबा निर्वाचित

काठमाडौं/ नेपाल बौद्ध शान्ति समाजको दोस्रो राष्ट्रिय सम्मेलन शनिबार स्वयम्भूमा भव्यताका साथ सम्पन्न भएको छ । अध्यक्ष पदमा पुनः दोस्रो कार्यकालका लागि धर्मगुरु पाल्साङ बज्र वाइबालाई चयन गर्दै सम्मेलन सकिएको हो ।
समाजको उपाध्यक्षमा चन्द्र बहादुर योन्जन,रत्न कुमारी भोलन,दिल बहादुर गोले,ठिसुङ तेन्जिङ लामा,खामसुङ घले र महासचिवमा मिनु कुमारी वाइबाले जिम्मेवारी पाउनुभएको छ । सचिवमा ङावाङ दामछ्योइ वाइबा,डिबि तितुङ तथा कोषाध्यक्षमा अन्जना लामा निर्वाचित हुनुभयो ।
सदस्यहरुमा योग बहादुर लो,कुपारे तामाङ,झिल्के पाख्रीन,ठुलीमाया तामाङ,महारत्न लामा,हिरालाल तामाङ,राम सिं लोप्चन,सुरेन्द्र बहादुर मोक्तान,सुर्यमान वाइबा तामाङ,नाम्ग्याल लामा,डोल्मा तामाङ,सन्त बहादुर तामाङ,गंगा पाख्रीन,शान्तिमाया तामाङ,तारा देवि गोले,दावा फुन्छोक लामा,खाइबा लामा,जित बहादुर रुम्बा,बिष्णु बहादुर गोले,जीवन कुमार बल,रामजी गोले लामा,जित बहादुर वाइबा ९चितवन०,बिष्णु ग्याबा,राजकुमारी तामाङ,जित बहादुर वाइबा ९काभ्रे०,मन्जु गोले,सुमन लामा,भरत बोम्जन,जगत बहादुर थिङ,सुचित्र वज्राचार्य,कर्म लामा,काजीमान भोलन,ज्ञान बहादुर गोलेलाई चयन गरिएको छ ।
समाजको राष्ट्रिय सम्मेलन नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री हितबहादुर तामाङले दिप प्रज्वलन गरी उद्घाटन गर्नुभएको थियो । उद्घाटन सत्रलाई सम्बोधन गनर्नुहुदै मन्त्री तामाङले नेपालमा बुद्ध दर्शनको प्रवद्र्धन,सभ्य समाज निर्माण र सभ्यताको विकासमा बौद्ध शान्ति समाजको महत्वपूर्ण भुमिका रहेको थाहा पाएको बताउनुभयो । मन्त्री तामाङले मन्त्री परिषदमा आफूले पाएको जिम्मेवारी अनुसार नै स्वभाविक रुपमा बुद्धको ज्ञान मानव समाजमा संस्थागत रुपमा प्रवद्र्धन गर्न आफ्नो साथ रहने प्रतिवद्धता जानउनुभयो । उहाँले पुरातत्व विभागमा सुचिकृत भएका २०७२ को भुकम्पले क्षतिग्रस्त बनाएका ऐतिहासीक गुम्बाहरुको पुनःनिर्माण कार्य प्राथमिकतामा राख्ने प्रतिवद्धता जनाउनुभयो ।

समाजमा पुनः अध्यक्ष निर्वाचित हुनुभएका वाइबाले मोलम सिकाउने,लामा पाठ सिकाउने,बुद्धको दर्शन सिकाउने,अध्यात्मिक ज्ञान र चेतनाको विकास गराउने उद्धेश्य अनुसार संस्था थप क्रियाशिल रहेको प्रतिवद्धता जनाउनुभयो ।
समाजमा रहेको महिला,पुरुष आवद्ध म्हानेपा संघदेखि बौद्ध शान्ति समाजसम्मको परिकल्पना साकार भएकोमा खुसी व्यक्त गर्नुहुदै उहाँले समाजसँग घुलमिल गरेर विविध गतिविधहरु सञ्चालन गर्दै आएको बताउनुभयो ।
संस्कृति मन्त्रालयको नेतृत्वमा देशले होनहार प्रतिभाको रुपमा तामाङ समुदायबाट हितबहादुर तामाङ पाएको उल्लेख गर्नुहुदै अध्यक्ष वाईबाले बुद्ध धर्म,संस्कृतिको उत्थानमा महत्वपूर्ण कार्य हुने विश्वास व्यक्त गर्नुभयो ।
२०७९ साउन २ गते विधिवत रुपमा दर्ता भई सञ्चालनमा आएको यो संस्थाले २ वर्ष बित्न नपाउँदै १९ वटा जिल्लाहरुका शाखा बिस्तार गरिसकेको जानकारी दिनुहुदै उहाँले सबैको साथ,सहयोग र प्रेरणाबाट आउँदो सम्मेलनसम्ममा ७७ वटै जिल्ला र सातै प्रदेशमा संगठन विस्तार गरिसक्ने योजना सुनाउनुभयो ।
उहाँले भन्नुभयो,–‘बुद्ध शासन फैलिएर जाओस्, जब बुद्ध शासन फैलिन्छ त्यसमा प्राणी जगतदेखि लिएर सबैले बाँच्ने समान अधिकार पाउँछ,यो अभियानका साथ हामी क्रियाशिल छौं ।’
उहाँका अनुसार लामा विद्याबाट ल्होसुम गरेपश्चात आफूलाई प्राप्त हुने दक्षिणा भौतिक श्रीबृद्धिमा नलगाई २२ जना बालबालिकालाई सरकारी तथा नीजि विद्यालयमा औपचारिक शिक्षा,लामा शिक्षा देखि खानपाननसम्मको व्यवस्थापन गर्दै आउनुभएको छ । बुद्ध दर्शन फैलाउने मनले यस खालको कार्य गर्न रुचाउने गरेको उहाँको भनाई छ ।
समाजले गुरु रेम्पोछेको आर्शिवाद अनुसार गुम्बा निर्माण तथा व्यवस्थापन सम्मका कार्यहरु समेत गर्दै आएको छ ।
नेपालको बागमती ९ताम्सालिङ–नेवा० प्रदेशका १३ वटा सहित विभिन्न १९ जिल्लाका लामा,सांस्कृतिक अभियन्ताहरुको प्रतिनिधि तथा पर्यवेक्षक सहभागि समाजको दोस्रो सम्मेलनको बन्दसत्रले आर्थिक प्रतिवेदन,सांगठनिक प्रतिवेदन एवं विधि कार्यविधिहरु समेत पारित गरिएको थियो ।
सम्मेलन उद्घाटन सत्र समारोहमा पूर्व मन्त्री पर्शुराम तामाङ,कोन्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामा,नेपाल तामाङ घेदुङका पूर्व उपाध्यक्ष रत्नसागर लामा,तामाङ पत्रकार संघ नेपालका महासचिव तिर्थमान वल लगायतका अतिथिहरुले शुभकामना मन्तव्य व्यक्त गर्नुहुदै तामाङ समाजमा बुद्धको ज्ञान स्थापित गर्न सबै जुट्न आवश्यक रहेको औंल्याउनुभएको थियो ।
समारोहमा बौद्ध शान्ति समाजका कलाकारहरुद्धारा मौलिक गीत संगीतको प्रस्तुतीका साथै समाजको तर्फबाट गुरु रेम्पोछेले कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका संस्कृति,पर्यटन तथा नागरिक उडड्यन मन्त्री हितबहादुर तामाङलाई बधाई शुभकामना एवं सम्मान पत्र प्रदान गर्नुभएको थियो ।
सम्मेलनको अवसरमा मोन्लम छोग्पा,गुरु रेम्पेछेद्धारा प्राणीदान मोन्लम,छेवाङ अभिषेक लगायतका कार्यक्रमहरु पनि आयोजना गरिएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »