सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भानु टोल सुधार समितिको सकृयतामा सार्वजानिक स्थानहरुमा कुहिने र नकुहिने फोहर राख्ने डस्टविन ब्यवस्थापन

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १६ स्थित भानु टोल सुधार समितिको सकृयता र वडाको सहयोगमा बिभिन्न सार्वजानिक स्थानहरुमा कुहिने र नकुहिने फोहर राख्ने डस्टविन ब्यवस्थापन गरिएको छ ।
काठमाडौं महानगरपालिका वडा नम्बर १६का कार्यबाहक वडा अध्यक्ष पुष्प महर्जन र भानुटोल सुधार समितिका अध्यक्ष देवेन्द्र कुमार श्रेष्ठको नेतृत्वमा भानुटोल सुधार समितिको बिभिन्न स्थानमा डष्टविनहरु राखिएका छन् ।
काठमाडौं महानगरपालिका वडा नम्बर १६ले आफ्नो वडामा फोहर ब्यवस्थापनको लागि बिभिन्न प्रयासहरु गरिरहेको अवस्थामा फोहरलाई श्रोतमै वर्गिकरण गर्दा अझ ब्यवस्थित हुने भएकोले यो कार्य गरेको १६ नम्बर वडाका बासिन्दा तथा समाजसेवी सानुकान्छा तामाङ (च्याङ्बा)ले बताए ।
बिभिन्न ठाउँमा वितरण गरिएका डष्टविनहरुको दुरुपयोग भएको तथा संरक्षण गर्न नसकिएको भन्दै यसको संरक्षण तथा ब्यवस्थापनको लागि बनस्थली सामुदायिक संघका सहसचिव सुदन थापा,जनाजागृति स्कुल संगै क्रियापुत्री भवनका सचिव सूर्य घिमिरे ,खरिबोट क्रियापुत्री भवनमा क्लबका प्रतिनिधि प्रदिप खड्का , भानुटोल सुधार समिति भवन सदस्य महेन्द्र कुमार श्रेष्ठ लाई जिम्मेवारी समेत दिईएको छ ।
यो कार्यमा सहकार्य तथा सहयोग गर्ने समाजसेवी उत्तर कुमार श्रेष्ठ, महेन्द्र कुमार श्रेष्ठ, राजन कार्की, राजिव श्रेष्ठ, च्याड्या तामाङ, सुदन थापा, सूर्य घिमिरे, कविता बस्नेत श्रेष्ठ, सिर्जना घिमिरे लगायत सम्पूर्ण टिमलाई भानुटोल सुधार समितिका अध्यक्ष देवेन्द्र कुमार श्रेष्ठले विशेष धन्यवाद समेत दिएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »