सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बजेट समग्रमा समाजवादको दिशामा अगाडी बढेको देखिन्छ — ठुलोबाबु श्रेष्ठ


काठमाडौं । नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक बर्ष २०८१/०८२ को प्रस्तुत भए पछि बिभिन्न क्षेत्रबाट प्रतिकृयाहरु आईरहेका छन् । यसपालिको बजेटले निजि क्षेत्रलाई समेट्न प्रयत्न गरेको बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुले जनाएका छन् ।
ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका अध्यक्ष ठुलोबाबु श्रेष्ठले यसपालिको बजेटले देशलाई समाजवाद उन्मुख बाटोमा अगाडी बढाउन प्रयत्न गरेको प्रतिकृया दिनुभएको छ ।
बजेटका पाँच उदेश्य भित्र निजि क्षेत्रको मनोबल बढाएर लगानी बृद्धि र आर्थिक कृयाकलापमा तिब्रता ल्याउने बिषय समेटिनुले पनि सरकाले निजिक्षेत्रको समन्वयमा देश बिकासको प्रारुप तयार गर्न सक्ने आधार तयगरेको अध्यक्ष श्रेष्ठले बताउनु भयो ।
ग्रील तथा स्टील ब्यवसायलाई तोकेरै बजेटमा किटान नगरिएपनि स्टार्ट अप कर्जामा सहजता र तयारी सामाग्री पैठारीको अन्तशुल्कमा कमी गरिनुले निजि क्षेत्रलाई सरकाले न्याय गरेको अनुभति भएको उहाँको भनाई छ ।
उहाँले नीतिलाई ७० प्रतिशतभन्दा बढी कार्यान्वयन गर्दै आगामी आर्थिक वर्षको बजेटअनुसार पुँजीगत खर्च ९० प्रतिशतभन्दा बढी गर्न सकिएको खण्डमा प्रतिफल प्राप्त हुने बताउनुभएको छ । अन्यथा बजेट छरिएको र यसले कुनै प्रतिफल दिन नसक्ने जोखिम रहेको उहाँको भनाइ छ ।
यसपालिको बजेटलाई ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालले समग्रमा स्वागत गरेको अध्यक्ष श्रेष्ठले बताउनुभएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »