सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विश्व वातावरण दिवसको अवसरमा बृहत अरनिको राजमार्ग सफाई अभियान

काठमाडौं । विश्व वातावरण दिवस आज नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाईएको छ । ‘हाम्रो भूमि, हाम्रो भविष्य’ भन्ने नारा साथ आज देशै भरि बिभिन्न कार्यक्रम गरि विश्व वातावरण दिवस मनाईएको हो । नाराले हाम्रो भूमि अर्थात् पृथ्वीलाई स्वच्छ राख्दा नै सबैको भविष्य सुरक्षित हुन्छ भन्ने सन्देश खोजेको छ ।
यसै अवसरमा बिभिन्न सामाजिक संघ संस्था तथा सामाजिक अभियन्ताहरुको अगुवाईमा, नेकपा(एमाले)का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री के.पि.ओलीको प्रमुख आतिथ्यतामा बृहत अरनिको राजमार्ग सफाई अभियान गरिएको थियो ।

सन् १०७३ देखि विश्व वातावरण दिवसलाई अन्तर्राष्ट्रिय दिनका रूपमा मनाउन थालिएको हो । हरेक वर्ष जुन ५ मा विश्व वातावरण दिवस मनाउने गरिएको छ । जलवायु परिवर्तनका कारण सिर्जित विभिन्न समस्या र तिनका समाधानमा कार्यक्रमहरु केन्द्रित हुने गरेका छन् ।

नेपालको संविधानले प्रत्येक नागरिकलाई स्वच्छ वातावरणको मौलिक हकको प्रत्याभूत गर्नुको साथै पीडित पक्षलाई वातावरणीय प्रदूषण वा ह्रास वा कानुनबमोजिम क्षतिपूर्ति पाउने व्यवस्था पनि गरेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »