सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जेल भरौं अभियान लिएर हिडे बाँकेका १५ पिडित महिलाहरु काठमाण्डौं

नेपालगन्ज , बाँकेको नेपालगन्ज स्थित जिल्ला प्रशासन कार्यालय अगाडी ७ दिने रिले अनसनको सुनवाई नभएपछि आन्दोलनकारीले आफ्नो आन्दोलनको स्वरुप परिवर्तन गरेका छन् । ७ दिनसम्म पनि आफ्नो जायज माग पुरा नभएको भन्दै उनिहरु बुधवारदेखि जेल भराउ अभियानमा उत्रिएका हुन् । निर्दोष परिवार तथा आफन्तहरुलाई फसाउने र अभियुक्तहरुलाई पक्राउ नगर्ने कार्य भईरहेको हुंदा निर्मला कुर्मी न्यायको लागी चौथो चरणको आन्दोलन अन्तरगत जेल भरौं अभियानका लागि काठमाण्डौ यात्रा तय गरेको आन्दोलनकारीहरुले बताएका छन् । उनिहरुले बुधवार भे१ख ३९१० नं.को बसमा १५ जना पिडित परिवार आफ्नो न्यायका लागि काठमाण्डौंको यात्रा तय गरेका छन् ।


हत्या जस्तो गम्भिर घटनामा राजनितिक दबाव प्रभावमा परि वास्तविक दोषी को हो पत्ता नलगाई अनुसंधानको दायरा समेत संर्किण बनाई अनुसन्धान गर्ने हुंदा बास्तविक दोषी उम्कने र निर्दोष व्यक्ति, गरिब, मजदुर एकल महिलाहरुलाई नियतवश फसाउने गरि रहेको मानव अधिकारकर्मी रुबी खानले बताउनुभयो ।
एकल महिला माहेलका तेली लगायतका गरिब, मजदुर आमनागरिकलाई जिल्ला प्रहरी कार्यालयमा प्रत्येक दिन अनुसंधान गर्ने नाममा यातना, डर, त्रास, धम्की तथा कुटपिट गर्ने, दिनभरि प्रचण्ड गर्मीमा उभ्याई दिने, बस्न नदिने कार्य गरि मानव अधिकार हनन गर्ने कार्य समेत जिम्मेवार निकाय जिल्ला प्रहरी कार्यालयबाट भएको हुनाले न्यायोचित न्यायको माग सम्बोधनका लागि काठमाण्डौं हिडेको उहाँले बताउनुभयो ।


आन्दोलनकारीहरुले विभिन्न मागलाई सुनवाई गर्न काठमाण्डौंको यात्रा तय गरेको बताएका छन् । जसमा घटना नं.१, निर्मला कुर्मीको हत्या केसमा सि.आई बीको उच्च टोलीद्वारा प्रतिवेदन २६ पौष २०८० मै जिल्ला प्रहरी कार्यालयमा आईसकेको छ तर हाल सम्म पनि मुद्दा अदालत पुर्याइएको छैन ।
घटना नं. २, सुमदरानी थारुको बलात्कार गरि हत्या भएको करिब वर्ष दिन बित्न थाल्यो अहिले सम्म अभियुक्त पक्राउ परेका छैनन ।
घटना नं.३, विर्ताका पुर्व वडा अध्यक्षका नातीको हत्यामा अहिले सम्म दोषि नै पत्ता लागेको छैन । घटना नं. ४, जानकी गांउपालिका वडा नं.२ बकोटीया फुलपुरवा र दमादन पुरवाको बिचमा भएको व्यक्तिको हत्यामा वास्तविक दोषि को हो पत्ता लगायत माग गरेका छौं पिडित बेसमा बागवानले बताउनुभयो ।
मिती २०८१ जेष्ठ २३ सांझ ५ बजे पछि आमरण अनसन सहितको कडा आन्दोलन गर्ने खबरदारी सहित प्रमुख जिल्ला अधिकारी समक्ष ध्यानाकर्षण पत्र बुझाएका थियौ तर बाँके प्रमुख जिल्ला अधिकारीद्धारा पनि समयमा हाम्रा माँगहरु पुरा गर्नमा आनाकानी गरि गैरजिम्मेवारीपूर्ण रुपमा हाम्रा संवेदनशिल सवाललाई लिईएको र मानव अधिकारको घोर उलङघन हुनबाट रोकिनु पर्ने भन्दा पनि मौन सहमती दिईको स्पष्ट देखिन्छ । बारम्बार प्रशासनसामु आफ्नो जायज माग राख्दा पनि सुनवाई नभएपछि आन्दोलनको स्वरुप परिवर्तन गरेको उहाँले बताउनुभयो । रिले अनसनले माग सम्बोधन नभएपछि अदालतमा मुद्दा पु¥याउने, आन्दोलनकारीहरुका निर्दोष परिवार तथा आफन्तहरुलाई फसाउने कार्य सैय नहुने अर्का पिडितले बताउनुभयो ।
आन्दोलित परिवारका मागहरु बाँके जिल्ला प्रहरी कार्यालयका एस.पि तुलबहादुर कार्की तथा अनुसंधान अधिकृतले निर्दोषलाई फसाउने कार्य गरेको हुनाले एस.पि तुलबहादुर कार्की र अनुसंधान अधिकृतलाई कडा कार्यबाही गरियोस, निर्मला कुर्मीको मुद्दा सम्मानित अदालत पुर्याइयोस, एकल÷बिधवा महिला माहेलका तेली लगायतका जाहेरीबाट नाम खारेज गरि तत्काल स–सम्मान थुना मुक्त गरियोस, रझेना निवासी सुमदरानी थारुको बलात्कार गरि हत्या गर्नेलाई तत्काल पक्राउ गरि कार्यबाही गरियोस, सरकारले आन्दोलनकारीहरुको सुरक्षा र उनीहरुका परिवार तथा आफन्तको सुरक्षाको ग्यारेन्टी तत्काल कार्यान्वयन गरियोस जस्ता माग लिएर काठमाण्डौं हिडेका छन् l

भर्खरै

सम्बन्धित खबर

Language »