सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

राष्ट्र बैंकले आगामी मौद्रिक नीतिका लागि माग्यो सुझाव

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८१र८२ को मौद्रिक नीतिका लागि सुझाव माग गरेको छ ।

राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले आइतबार एक सूचना जारी गर्दै सुझाव माग गरेको हो ।

राष्ट्र बैंकका अनुसार आगामी १६ असारभित्र राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागमा सुझाव पठाइ सक्नु पर्ने छ ।

संकलित सुझावपछि राष्ट्र बैंकले उपयुक्त ठानेका सुझावलाई मौद्रिक नीतिमार्फत सम्बोधन गर्दछ । राष्ट्र बैंकले १५ साउनभित्र मौद्रिक नीति ल्याउनेछ ।

देशको मूल्यवृद्धि नियन्त्रण, ब्याजदरको स्थायित्व, वित्तीय स्रोतको परिचालनका लागि मौद्रिक नीतिमार्फत व्यवस्था गरिन्छ ।

मौद्रिक नीति तर्जुमा कार्यविधि अनुसार आर्थिक वर्ष सकिएको १५ दिनभित्र वार्षिक नीति र त्रैमासिक तथा अर्धवार्षिक समीक्षा त्रैमास सकिएको ४५ दिनभित्र सार्वजनिक गर्ने व्यवस्था छ ।

भर्खरै

सम्बन्धित खबर

Language »