सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जातिय बिभेद अन्त्यका लागि टोल टोलमा पुग्दै राष्ट्रिय दलित मुक्ति अभियान

काठमाडौं । विश्व सामाजिक परिवेश आधुनिक युगमा प्रवेश गरिसक्दा पनि नेपालमा भने जातिय विभेदता र छुवाछुत प्रथा कायमै रहेकोमा दलित उत्थानमा लागेका अभियन्ताहरुको चासो र चिन्ता बढेको छ ।
दलित अधिकारको लागि संघर्षरत राष्ट्रिय दलितमुक्ति अभियानले सामाजिक रुपमा भईरहेको दलित समुदाय माथिको अत्याचार र हिंसालाई अन्त्य गर्न टोल टोलमा अभियान हरु चलाउन थालेको छ ।
राष्ट्रिय दलितमुक्ति अभियानले गौरीगंगा नगरपालिका वडा नम्बर ५ मा एक भेला सम्पन्न गरि पुष्कर जैगडीको संयोजकत्वमा वडा कमिटी निर्माण गरेको छ ।
राष्ट्रिय दलित मुक्ति अभियानका केन्द्रिय संयोजक प्रम बहादुर बि.सी.को प्रमुख आतिथ्यतामा तथा स्थानियपदम नेपालीको सभापतित्वमा सम्पन्न भेलाले जैगडी को संयोजकत्वमा ५ सदस्सिय वडा कमिटी गठन गरेको हो ।
राष्ट्रिय दलित मुक्ति अभियानकी केन्द्रिय सदस्य सुमन सिलाधरले सन्चालन गर्नु भएको कार्यक्रममा स्थानिय हरुको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै अभियानका केन्द्रिय संयोजक प्रेम बहादुर बि.सी.ले आफ्नो अधिकार प्राप्तिको लागि दलित समुदाय एकजुट हुनुको विकल्प नभएको भन्दै पार्टीको कार्यकर्ता भन्दा माथि उठेर आफ्नो समुदायको उत्थानको लागि कार्यगर्न सबैलाई आग्रंह गर्नु भयो ।
अरुको झोला बोकेर मात्र आफ्नो वर्ग र समुदायको उत्थान हुन नसक्ने भन्दै केन्द्रिय संयोजक बि.सी.ले सामाजिक रुपमा जनचेतना अभिवृद्धि गरि राज्यको हरेक क्षेत्रमा दलितलाई बिशेष अधिकार दिलाउने उदेश्य बोकेर राष्ट्रिय दलित मुक्ति अभियान गठन भएको बताउनु भयो ।
यो अभियानले राष्ट्रब्यापि रुपमा आफुुलाई परिचित गराएर वास्तबमा दलित समुदायको आफ्नो अभिवावक संस्था बन्नेमा आफु निश्चिन्त रहेको बि.सी.ले बताउनु भयो ।

भर्खरै

सम्बन्धित खबर

Language »