सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

युवा पुस्ता लक्षित तामाङ गीत “बौद्ध नयाँबस्ती” सार्वजानिक (भिडियो सहित)

काठमाडौं । युवा पुस्ता लक्षित तामाङ गीत “बौद्ध नयाँबस्ती” सार्वजानिक भएको छ ।
पुर्ण रुपमा मनोरन्जन दिने उदेश्यले मात्र निमार्ण गरिएको यो गीत तथा म्युजिक भिडियोले तामाङ जातीको धर्म र संस्कृतिलाई नछोईकन भाषाको मात्र प्रयोग गरेर मनोरन्जन दिन खोजिएको देखिएको छ ।
डम्फु सुपरस्टार मिडियाका प्रमुख तथा तामाङ चलचित्र जगतका महानायक अमिर कुमार लामाको शभापतित्व र तामाङ पत्रकार संघ भक्तपुरका अध्यक्ष नमो बुद्ध अनलाईनका सन्चालक छेडुप दोङले सन्चालन गरेको कार्यक्रमको प्रमुख अतिथि चर्चित झाँक्री प्रकाश भुजेल रहेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रकाश भुजेलले तामाङ गीतले देश खाने भन्दै कार्यक्रमको लागि तिस हजार रुपैयाँ सहयोग समेत गरेका थिए ।
कार्यक्रममा भर्खरै सम्पन्न मिस्टर तामाङ २०२४ का सबै प्रतिस्पर्धिहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा तामाङ पत्रकार संघका केन्द्रिय सदस्य सुदिन दोङले पत्रकारहरुलाई एक प्लेट मःमको लागि समाचार लेख्ने सम्मको आरोप लागेको भन्दै कार्यक्रम माथि समिक्षा गर्न पत्रकारहरुलाई स्वतन्त्रता भएको बताउनु भयो ।
उहाँले तामाङ पत्रकार र कलाकार बिचको सम्बन्ध नङ र मासुको जस्तै भएको भन्दै एक अर्कालाई सहयोग गर्दै अगाडी बढ्नुपर्ने धारणा ब्यक्त गर्नु भएको थियो ।
कुईसाङ रुम्बाको शब्द,सुमिना लो र च्वाईस दोङको आवाजमा रहेको यो गीतमा जोगलाल लामाको एरेन्ज र च्वाईस लामाको संगीत रहेको छ भने दिप स्टुडियोमा दिपेश प्रधानले मिक्स मास्टरीङ गरेका हुन् ।
गीतको भिडियोमा एलिना रायमाझी,अमिर कुमार लामा ,कुईसाङ रुम्बा,संजिव गोले,बिशाल दोङ,डि.बि.रुम्बा मुख्य भुमिकामा देखिएका छन् ।
अमिर कुमार दोङको निर्देशनमा बनेको भिडियोमा नृत्य निर्देशन राज किङ वाईबाले गरेका हुन् भने श्रृंगारमा रेशम लामा, सम्पादन तथा कलरिङ बिक्रम लामा रहेका छन् ।
हाम्रो सेलोघरको पोष्ट प्रोडक्सन रहेको भिडियोको प्रोडक्सन म्यनेजरमा कोते माईला रहेका थिए भने निर्मात्री शुस्मिता लामा हुन् ।
यो भिडियो हेर्नुस्

भर्खरै

सम्बन्धित खबर

Language »