सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन समाजवादी पार्टी नेपालले फिर्ता लियाे


देउखुरी, समाजवादी पार्टी नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टी संसदीय दलकी प्रमुख सचेतक अम्बिका काफ्लेले आज विज्ञप्ति जारी गर्दै आजका मितिदेखि नै प्रतिपक्ष दलको भूमिकामा बस्ने निर्णय भएको जानकारी गराएकी हुन् ।

यसअघि गत जेठ ५ गते बसेको पार्टीको लुम्बिनी प्रदेश समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । सोही अनुसार संविधानको धारा १८८ को उपधारा २ बमोजिम जनता समाजवादी पार्टी, नेपाल लुम्बिनी प्रदेश सभा संसदीय दललाई समेत सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन पार्टीले दिइसकेको विज्ञप्तिमा उल्लेख छ ।

सो पार्टी विभाजनपछि काफ्ले उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीमै बस्नुभएको थियो । उहाँले सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि सरकार भने अल्पमतमा पर्दैन ।

भर्खरै

सम्बन्धित खबर

Language »