सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

रुबी खानसँगको सहमतिपछि सुमदरानी हत्याका अभियुक्त पक्राउ


नेपालगञ्ज, बाँके प्रहरीले कोहलपुरकी २२ वर्षीया सुमदरानी थारुको हत्याका अभियुक्त पक्राउ गरेको छ । अभियन्ता रुबी खानको नेतृत्वमा लामो धर्ना र अनशनपछि गृह मन्त्रालयले आराेपितलाई पक्राउ गर्ने सहमति गरेको थियो । गृहसँगको सहमतिको तीन दिनपछि अभियुक्त पक्राउ परेका हुन् ।

प्रहरीले सुमदरानीको हत्याका संलग्नताको आरोपमा बर्दिया राजापुर ८ का २६ वर्षीय शैलेन्द्र चौधरीलाई पक्राउ गरेको हो । पीडित परिवारको जाहेरीका आधारमा प्रहरीले खोजी गरिरहे पनि उनी फरार थिए । शुक्रबार जिल्ला प्रहरीको टोलीले बाँकेको जानकी १ पचपोखरास्थित नेपाल–भारत सीमा क्षेत्रबाट उनलाई पक्राउ गरेको हो । थप अनुसन्धानका लागि प्रहरीले पाँच दिन म्याद थपको अनुमति लिइसकेको जनाएको छ ।

नेपालगञ्ज उपमहानगर–९ मा डेरा लिएर अध्ययन गरिरहेकी सुमदरानीको घाँटी रेटेर हत्या गरिएको थियो । उनलाई निरन्तर पछ्याइरहेका युवाले बलात्कारपछि निर्मम हत्या गरेको आमा ललिता थारुले बताएकी थिइन् । छोरीको हत्याका अभियुक्तलाई पक्राउ गर्न माग गर्दैै उनी पनि काठमाडौंमा धर्ना दिन आएकी थिएन् । (शिलापत्र )

भर्खरै

सम्बन्धित खबर

Language »