सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अख्तियार आयुक्तको घरको पर्खालमा किन चल्यो डोजर?

काठमाडौं। ललितपुर महानगरपालिकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा. सुमित्रा अमात्यको घरको पर्खाल भत्काएको छ। ललितपुर महानगरपालिका-१० चाकुपाटस्थित आयुक्त अमात्यको घरको पर्खालमा ललितपुर महानगरपालिकाले डोजर चलाएको हो।

महानगरले मन्दिरको जग्गा मिचेर पर्खाल बनाएकाले भत्काउनुपरेको बताएको छ। स्थानीयले उजुरी दिएपछि पर्खाल भत्काएको दाबी महानगरको छ। पर्खाल भत्काउँदा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन स्वयं उपस्थित थिए।

ललितपुर महानगरपालिकामा अनियमितता भएको भन्दै मेयर चिरिबाबुविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। अख्तियारले सो अनियमितता सम्बन्धमा अनुसन्धान अगाडि बढाइसकेको छ। स्रोतका अनुसार अख्तियारले मेयर चिरिबाबुसँग सो विषयमा बयानका लागि पत्र काटिसकेको छ। मेयर स्यवं उपस्थित भएर आयुक्तको घरको पर्खाल भत्काएपछि धेरैले प्रतिशोध साँधेको बताएका छन्।

भर्खरै

सम्बन्धित खबर

Language »