सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

एसईईमा अछामका ५ विद्यालयको नतिजा शून्य

काठमाडौं। अछामको माध्यमिक शिक्षा परीक्षा ९एसईई०मा अछाममा ५ वटा विद्यालयको नतिजा शून्य आएको छ। एसईई सहभागी भएका एक सय विद्यालयमध्ये ५ वटा सामुदायिक विद्यालयहरूको नतिजा शून्य आएको शिक्षा विकास तथा समन्वय इकाई अछामका प्रमुख अम्बादत्त जोशीले बताए।

नतिजाअनुसार सबैभन्दा बढी पञ्चदेवल विनायक नगरपालिकाका ३ विद्यालयको नतिजा शून्य आएको छ। चौरपाटी गाउँपालिकाको १ र साँफेबगर नगरपालिकाका १ विद्यालयको नजिता शून्य छ।

पञ्चदेवल विनायक नगरपालिकाको ३ वटा विद्यालयहरू अम्बिका, महेन्द्र, र सरस्वती माविको नतिजा शून्य छ। चौरपाटी गाउँपालिकाको गगुडा माविको नतिजा शुन्य छ भने साँफेबगर नगरपालिका ११ देविस्थानको हंशबाहिनी माविको नतिजा शून्य छ।

पञ्चदेवलको अम्बिका माविबाट एसईई परीक्षामा ३४,महेन्द्र माविबाट १८,सरस्वती माविबाट ३२,गगुडा माविबाट ९ र हंसबाहिनी माविबाट २२ जना विद्यार्थी सहभागी थिए। यी सबै विद्यार्थी अनुत्तीर्ण भएका छन्।

अछाममा एसईइमा २८.८५ प्रतिशत उत्तीर्ण भएका छन्। परीक्षा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको २०८० को एसईई परीक्षामा २८.८५ प्रतिशत अर्थात् १ हजार ४१४ उत्तीर्ण भएका शिक्षा इकाई कार्यालय अछामले जनाएको छ। अछाममा एसईई परीक्षामा सामान्य र प्राविधिक तर्फबाट कुल ४ हजार ९ सय विद्यार्थी सहभागी भएका थिए। यस्तै सामान्य तर्फ ३ हजार ४ सय ४४ र प्राविधिक तर्फका ४२ जना गरि कुल ३ हजार ४ सय ८२ जना अनुत्तीर्ण भएका छन।

भर्खरै

सम्बन्धित खबर

Language »